एकैदिन सुन तोलामा १ हजारले घट्यो
सारांश
- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
- आज (बिहीबार) सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेको हो ।
- आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज (बिहीबार) सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कारोबार भएको छ । बिहीबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदी २५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया