देवघाटमा विराट ज्ञानमहायज्ञ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • चितवन, १५ माघ, पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ हुने भएको छ ।
  • महेश सन्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो ।
  • महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा स्वामी रामानन्द गिरीजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो ।

चितवन, १५ माघ, पवित्र तीर्थस्थल देवघाटमा विराट ज्ञानमहायज्ञ हुने भएको छ । महेश सन्यास आश्रमको आयोजनामा यही माघ २२ देखि फागुन १ गतेसम्म महायज्ञ गर्न लागिएको हो ।

महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं डा स्वामी रामानन्द गिरीजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा १०८ श्रीमद्धागवत पाठपारायणका गरिने छ । चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्षहवन गरिने सञ्चार समन्वय एवं प्रचारप्रसार समितिका संयोजक टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

महायज्ञका लागि १००८ स्वामी रमणानन्द गिरीजी महाराजको अध्यक्षतामा एक हजार आठ सदस्यीय आयोजक मूल समारोह समितिसमेत गठन गरिएको छ । यस्तै ६० जिल्लामा उपसमिति गठन गरिएको छ । महायज्ञका लागि १०८ कर्तासमेत तयार भइसकेको छ । वैदिक सनातन धर्म, संस्कृतिको संरक्षण र संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले २०५० सालमा स्थापित सो गुरुकुलमा आयोजना गर्न लागिएको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

करीब रु दुई करोडमा आयोजना गर्न लागिएको सो महायज्ञबाट रु १० करोड बचत हुने अनुुमान गरिएको छ । विराट महायज्ञमा प्रमुख कथावाचकको रुपमा आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीजी महाराज रहनुभएको छ । अन्य कथावाचकमा सो आश्रमबाट अध्ययन गरेर गएका र अध्ययन गर्दै गरेका विद्यार्थी रहने छन् । गुरुकुलले २०६५ सालमा पहिलो पटक बिराट ज्ञान महायज्ञको आयोजना गरेको थियो । महायज्ञ सम्पन्न गर्नका लागि आयोजकले दुई हजार भक्तजनलाई आवासको व्यवस्था गरेको छ ।

“अहिले महायज्ञको दोस्रो संस्करण हो,” मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले भन्नुभयो । आश्रम सञ्चालनका लागि अहिले मासिक रु छ लाख खर्च हुँदै आएको छ । विश्वविद्यालयले पठनपाठनका लागि अनुमति दिएको भए पनि शिक्षक दरबन्दी र भौतिक संरचना सहयोग नगर्दा दानबाट आश्रम सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । गुरुकुलमा कक्षा ६ देखि आचार्यसम्म तीन सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
दशैका बेला कलंकीका सबै काउन्टर हटाउने तयारी !
दशैका बेला कलंकीका सबै काउन्टर हटाउने तयारी !
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
विश्वकप फुटबल २०१८: यी हुन फ्रान्सले जित्न सक्ने अाधारहरू
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम
आज सरकारमा मन्त्री थपिने सम्भावना, यी हुन चर्चित नाम
प्रचण्डलाई हराउन विक्रम पाण्डेले दश करोड बाँडे
प्रचण्डलाई हराउन विक्रम पाण्डेले दश करोड बाँडे
चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
पौडेलको गुनासो : पार्टीको डाडुपन्यु देउवाको हातमा
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
विवाह गर्दा वडाको सिफारिस अनिवार्य