अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २१, २०७३
|
|
१५७ पटक हेरिएको
Shares
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….

सारांश

  • दाङको राप्ती नदीको पुल शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ देउखुरी जाने भएका छन् ।
  • भोली प्रचण्ड हेलिकोप्टर मार्फत् दाङ जाने र लमहीस्थित क्रिकेट मैदानमा ओर्लिने भएपनि लमहीबाट गाडीमार्फत् सिसहनियाको प्रगतिनगर बजारबाट छोट्की सिसहनियाँ हुँदै राप्ती नदी किनारमा पुग्नुपर्नेछ ।
  • उनले त्यहाँबाट जाँदा बन्दलाई छिचोल्दै जानुपर्ने छ ।

दाङको राप्ती नदीको पुल शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दाङ देउखुरी जाने भएका छन् । भोली प्रचण्ड हेलिकोप्टर मार्फत् दाङ जाने र लमहीस्थित क्रिकेट मैदानमा ओर्लिने भएपनि लमहीबाट गाडीमार्फत् सिसहनियाको प्रगतिनगर बजारबाट छोट्की सिसहनियाँ हुँदै राप्ती नदी किनारमा पुग्नुपर्नेछ । उनले त्यहाँबाट जाँदा बन्दलाई छिचोल्दै जानुपर्ने छ । यसै बिच प्रचण्ड दाङ्ग आउने खबर पाए सङ्गै नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री प्रचण्डलाई प्रभावित पार्न गरी भोली दाङ्ग जिल्ला बन्दको घोषणा गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको बिरोधमा आवन गरेको बन्दलाई छिचोल्दै दाङ पुगेर पुलको शिलयान्यास गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रले आफना कार्यकर्तालाई बन्द, हड्ताल जस्ता आन्दोलनमा नजान निर्देशन दिएको छ ।

माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘संविधान संशोधनको विषयलाई लिएर गैर जिम्मेवाररुपमा देशका केही पार्टीहरुले राष्ट्रिय समस्यालाई समाधान गर्नुको साटो बन्द, हड्ताल आगजनी गरेर संविधान संशोधनको प्रक्रियालाई असफल बनाउने प्रयत्न गरिरहेका छन् ।’
‘अखण्डताको नारा बोकेर देशलाई संघीयतामा जान नदिने र घुमाइफिराई पश्चगमनतर्फ लैजाने दुस्प्रयास गरेको बिज्ञप्तिमा भनिएको छ ।’

मधेशी, थारु तथा उत्पीडित जनताहरुलाई राष्ट्रघाती देख्ने मण्डले राष्ट्रवादका विरुद्ध सचेत र संगठित हुँदै राष्ट्रिय एकता कायम गर्न आफ्ना कार्यकर्तालाई निर्देश गरेको छ ।
संविधान कार्यान्वयनको पक्षमा उभिदै कथित आन्दोलनमा सहभागी नहुन प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
माओवादी केन्द्रका कार्यकर्ता आन्दोलन होमिए पार्टीले कारवाही गर्ने जनाएको छ ।

प्रस्तुति: समिप गौतम्
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
शान्तिप्रियलाई नवीन कला सम्मान
शान्तिप्रियलाई नवीन कला सम्मान
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा
गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि जिटुजी अवधारणा
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, ह्वात्तै बढ्यो एलपी ग्यासको मूल्य
जेठ ३१ गते निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त
अोलीको कटाक्ष- प्रधानमन्त्री हडबडाउनु भो, पुरानो बानी हो
अोलीको कटाक्ष- प्रधानमन्त्री हडबडाउनु भो, पुरानो बानी हो
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
संसदको हिउँदे अधिवेशन आजदेखि सुरु, अध्यक्षता उपसभामुखले गर्ने
निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो
निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

तपाईंले छुटाउनुभयो कि?