यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
सारांश
- काठमाडौं ।
- नेपाल राष्ट्र बैंकले साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ ।
- हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ । हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।
त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ । यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया