बजेट: निशानामा बियर, रक्सिलाइ राहत !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
बजेट: निशानामा बियर, रक्सिलाइ राहत !

सारांश

  • काठमाडौं, १६ जेठ ।
  • मंगलबार सरकारले १३ अर्वकाे बजेट ल्याएकाे छ ।
  • अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा बजेट भाषण गर्दै  १३ खर्व १५ अर्व १६ कराेड १७ लाख बजेटकाे घाेषणा गरे ।

काठमाडौं, १६ जेठ । मंगलबार सरकारले १३ अर्वकाे बजेट ल्याएकाे छ ।

अर्थ मन्त्री डा युवराज खतिवडाले संसदमा बजेट भाषण गर्दै  १३ खर्व १५ अर्व १६ कराेड १७ लाख बजेटकाे घाेषणा गरे ।

यसै बिच नयाँ बजेटमा सरकारले बियरमाथि लाग्दै आएको अन्तशुल्क ३० प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ ।
जसका कारण अब बियर पारखीहरुले प्रतिलिटर बियरको मूल्यमा झण्डै ३५ रुपैयाँ बढी तिर्नुपर्ने छ ।

नेपालमा उत्पादन हुने बियरमा अहिले एक लिटरमा ११५ रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा ३० प्रतिशत बृद्धिपछि १५० रुपैयाँ पुगेको छ । यसले सरकारको राजश्वमा भारी बृद्धि भए पनि बियर उपभोक्ता र उद्योगहरुलाई भने मार पर्नेछ ।
अघिल्ला वर्षहरुमा सरकारले सामान्यतयाः वार्षिक ८ देखि १० प्रतिशतसम्म अन्तशुल्क बृद्धि गर्दथ्यो । तर, यसपटक बियरमा एकैपटक ३० प्रतिशत बृद्धि गरिएको छ ।

यो बृद्धि यस्तो बेलामा भएको छ, जतिबेला नेपालमा एकैपटक दुईवटा ठूला बियर उद्योगहरु सुरु भइ आक्रामक बजार बिस्तार थालेका थिए । अन्तःशुल्कमा बृद्धिले यी नयाँ उद्योगहरुको बजारमा बिस्तारमा असर गर्ने छ ।

रक्सी र चुरोटमा २० प्रतिशत
सरकारले रक्सी र चुरोटको अन्तशुल्कमा भने जम्मा २० प्रतिशत बृद्धि गरेको छ । ५ प्रतिशत हाराहारी अल्कोहल हुने बियरमा धेरै अन्तशुल्क र झण्डै ४० प्रतिशतको हाराहारीमा अल्कोहल हुने रक्सीमा २० प्रतिशतको अन्तशुल्क बृद्धि आफैमा तर्कसंगत देखिदैन् ।

नयाँ नीतिले तुलनात्मकरुपमा रक्सी पारखीहरुलाई राहत भएको छ भने बियर पिउनेहरुको खल्तीमा अतिरिक्त दबाब परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुपन्डोलमा बम विस्फोट
कुपन्डोलमा बम विस्फोट
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
श्रमजीवी पत्रकारको सामाजिक कोषमा बागमती प्रदेश सरकारको सहयोग
बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
बुटवल उपमहानगरपालिकामा मेयरको उम्मेदवार पत्नीले पैसा बाँड्न खोजेको आरोप
बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि
बालेन शाह स्थापितभन्दा ३ हजारभन्दा धेरै मतले अगाडि
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
प्रदेश ४ को बजेट आज आउदै, १ खर्ब २ करोड
प्रदेश ४ को बजेट आज आउदै, १ खर्ब २ करोड
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते