सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
२२३ पटक हेरिएको
Shares
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप

सारांश

  • भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् ।
  • सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ ।
  • घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् ।
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

लगत्तै एसएसवीका जवानहरु नेपालपट्टि आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ । त्यसपछि आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।

अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका छन् । नेपालीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयमता अपनाउन भनिरहेका छन् ।

आनन्दबजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टरको नेतृत्वमा सुरक्षाकर्मी परिचालित छन् । उनीहरुलाई सहयोगका लागि महेन्द्रनगरबाट थप प्रहरी पठाइएको सुदूरपश्चिमका डीआइजी रोवेन्द्रसिंह देउजाले जानकारी दिए । उनले दुवै पक्षका सुरक्षाकर्मीबीच समन्वय भइरहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी
प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी
४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता
४८ वटा फ्ल्याट ध्वस्त, चारजनाको मृत्यु, ४० बेपत्ता
चीनमा ३० जनाको डढेलोमा परी मृत्यु
चीनमा ३० जनाको डढेलोमा परी मृत्यु
कांग्रेसले आज पनि संसद अवरोध गर्ने
कांग्रेसले आज पनि संसद अवरोध गर्ने
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?
पाँच महिनामा चीनबाट कति प्याज आयत भएछ ?
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
विदेशी मालिकको कुटाइबाट खुट्टा भाँचिएकी सीता परराष्ट्र मन्त्रालयमा
विदेशी मालिकको कुटाइबाट खुट्टा भाँचिएकी सीता परराष्ट्र मन्त्रालयमा
८४ वडामध्ये ५० वडा सचिवविहीन !