भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
भारतलाई पराजित गर्ने नेपाली क्रिकेट टोलीलाई ओलीले जनही दस हजार दिने

सारांश

  • काठमाडौं, ५ मंसि।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।
  • मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रम’मा अध्यक्ष ओलीले जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।

काठमाडौं, ५ मंसि। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रम’मा अध्यक्ष ओलीले जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका हुन्। ‘सीमित स्रोत र साधनका बाबजुत नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन सम्मान गर्न लायक छ,’ उनले भन्नुभयो, ‘म व्यक्तिगतरुपमा सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापक टिमलाई जनही १० हजार रुपैया“ दिने घोषणा गर्दछु ।’

एसिसी यु १९ एशिया कप क्रिकेटमा साबिक विजेता भारत र आयोजनक मलेसियालाई  पराजित गर्दै नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको थियो।

ओलीले चुनावपछि बन्ने सरकारले खेल र खेलाडीको प्रवर्द्धनका लागि ठोस योजना ल्याउने बताए। ‘खेलमा सहभागी भएपछि नेपालको जित्ने बानी परेको छ,’ उनको भनाइ थियो, ‘त्यस्तो बानी सधैं रहिरहोस् ।’

ओलीले खेलाडी छनोटमा विचार पुर्‌याउन सके उत्कृष्ट नतिजा आउनेमा दुईमत नरहेको बताउँदै त्यसतर्फ निष्पक्ष भएर काम गर्न राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराए।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Bhupal Ghimire

    great decision#

    Comment Author

    Anil Thapa

    पैसो चै कमाकै रैछ ,पैसो पनि हो तर नेताले पैसो हैन योजना ,पुर्बाधार, रंगशाला आदि बनाइदिने हो,कनिका छर्ने हैन

    Comment Author

    Kumar Thapa

    Hati ko mukh ma jira.oli ko soch ra chintan varat birodhi ra china samarpit ta pakkai hoina tara yi face book ka rasta badi haru le oli lai rana vulma pardaichhan.

    Comment Author

    Suman Ghimire

    Good

    Comment Author

    Kaji Bandhu

    लाज मानो सरकार

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?