कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २८, २०७७
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा आज एकै दिन सर्वाधिक कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन आठ जना संक्रमितको मृत्यु पुष्टि भएको जनाएको हो ।
  • योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

नेपालमा आज एकै दिन सर्वाधिक कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन आठ जना संक्रमितको मृत्यु पुष्टि भएको जनाएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ । देशमा महामारीको खतरा झन् बढेको छ ।

आज मृत्यु हुनेहरुमा ६ पुरुष र दुई महिला छन् । पुरुषहरु धादिङ, धनुषा, सप्तरी मोरङ, कपिलवस्तु र बाराका हुन् । महिलाहरु काठमाडौं र धनुषाका हुन् ।

आजसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७१ पुरुष, १९ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?