क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने पाउने
सारांश
- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् ।
- यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ ।
- निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् ।
यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ ।
निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको छ । उहाँका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम– २०६९ मा उक्त व्यवस्था गरिएको हो ।
सभापति, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपतिक प्रणालीबाट चयन गरिने छ ।
उपसभापति र सहसचिव निर्वाचित स्ववियुले चयन गर्नेछ भने ५० प्रतिशत सङ्गठनले बुझाएको बन्दसूचीबाट सबैभन्दा बढी मत पाउने सदस्यलाई निर्वाचन समितिले मनोनयन गर्ने छ । त्रिविमा यही फागुन १८ गते आठ वर्षपछि स्ववियु हुँदैछ ।
प्रतिक्रिया