के लडाएरै छाड्छन् त लोकमानलाई ???

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ८, २०७३
|
|
१५० पटक हेरिएको
Shares
के लडाएरै छाड्छन् त लोकमानलाई ???

सारांश

  • के लोकमानलाई अयोग्य ठह¥याएर सर्वोच्चले पदच्यूत गर्न लागेकै हो ?
  • बिहीबारको आदेशलाई राम्ररी केलाउने हो भने त्यसले त्यस्तै संकेत गर्छ ।
  • यसो किन भन्न सकिन्छ भने लोकमान सपरिवार विदेश गएकै अवसर पारेर अर्को बिहीबार मुद्दाको पेशी चढाउँदै छन् ।
के लोकमानलाई अयोग्य ठह¥याएर सर्वोच्चले पदच्यूत गर्न लागेकै हो ? बिहीबारको आदेशलाई राम्ररी केलाउने हो भने त्यसले त्यस्तै संकेत गर्छ । यसो किन भन्न सकिन्छ भने लोकमान सपरिवार विदेश गएकै अवसर पारेर अर्को बिहीबार मुद्दाको पेशी चढाउँदै छन् । यससम्बन्धी पहिले डिभिजन बेञ्चले गरेको फैसला अस्तिको आदेशबाट उल्टिइसक्यो ।
लोकमानको अनुकूल फैसला आउने सम्भावना किन पनि कम छ भने उनको कार्यशैली उही दरबारिया खालको भएको टिप्पणी व्याप्त छ । अख्तियारभित्र र बाहिर सबैतिर उनले आफूलाई लगामविहीन रुपमा प्रस्तुत गरिरहेका छन् । यसर्थ शत्रु बढ्दा छन् । शायद आफूमाथि अनिष्ट हुने संकेत पाएर नै होला, घटनास्थापनाको एक दिनअघि १४ गतेका लागि तयार गरेको क्यानाडा भ्रमणलाई अगाडि सारे । अनि संविधान दिवसको दिन ३ गते प्रधानमन्त्री अमेरिका उड्न ठिक्क मितिमा राति आफूले पनि हप्ता दिनसम्म अफिस नगई पत्नी र छोरासहित २ हप्ताको निम्ति देश छाडे । सर्वोच्चले लोकमानको फाइलसम्बन्धी कडा आदेश दिएकै दिन वर्षौंअघि परेको लडाकु शिविरको नाममा गएको ठूलो धनराशिको खोजी‐अनुसन्धान थाल्ने अख्तियारको निर्णयलाई धेरैले संयोग मात्र होइन भनेका छन् । अख्तियारमा लोकमानको उक्त एकल निर्णयकै कारण मानसिक दबाव सिर्जना भएर प्रचण्डले भारतीय चाहनाअनुसार त्यसखाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुपरेको बालुवाटार स्रोतको दाबी छ ।
विश्वस्त स्रोतका अनुसार लोकमानले मुद्दाबारे चिन्ता व्यक्त गर्दा प्रधानमन्त्रीले सुशीलालाई मैले भनेको छु, प्रतिकूल आदेश आउँदैन भन्दै आश्वस्त पारेका थिए । तर, सर्वोच्चबाट उल्टो आदेश आएको आक्रोशमा लोकमानले त्यसरी जवाफी हमला गरेका हुन् । मौकामा चौका हान्न लोकमानले प्रचण्डलाई भारतको राष्ट्रपति भवनमा चैनको निद्रा सुत्न नसक्ने गरी अन्तिम तुरुप प्रयोग गरेको बुझ्न गाह्रो छैन ।
अब के होला ?
सर्वोच्चले आजभोलिनै सरकारलाई लोकमानको नियुक्तिसम्बन्धी आधार पेश गर्न म्याद जारी गर्दैछ भने अख्तियारले पहिले नै लोकमानलाई कारबाही गर्न काटेको स्पष्टीकरण पत्र समेत हराइरहेको हुँदा पेश गर्न, अहिलेको पदमा रहन योग्य छु भन्ने प्रमाण पेश गर्न निजको नाममा समेत पत्र पठाउँदैछ ।
सबै कागजात जुटेपछि पूर्ण इललाशले पुनः मुद्दा सुन्छ, जुन टुंगिन बढीमा डेढ महिना लाग्नेछ । यसको मतलब तिहारअघि खासै काम हुने देखिन्न । वकालती पृष्ठभूमिबाट आएका सपना मल्ल प्रधान, हरिकृष्ण कार्की, अलिनकुमार सिन्हा र प्रकाश राउत आदेश र बहसलगायत कुनै न कुनै हिसावले यस प्रकरणमा जोडिइसकेको हुँदा उनीहरु अबको इजलाशमा रहने छैनन् । गोविन्द उपाध्याय कात्तिक र वैद्यनाथ उपाध्याय साढे तीन महिनामा घर जाने हुँदा यी दुई श्रीमान पनि लोकमानको मुद्दामा जोडिन सम्भव देखिन्न । ओमप्रकाश मिश्र र गोपाल पराजुलीले पहिल्यै लोकमानलाई चोख्याइसकेको, चोलेन्द्रसमशेर र दिपकराज जोशी प्रधानन्यायाधिशको रोलक्रममा चढिसकेको मनकारी न्यायाधीश रहेको कारण आनन्द, ईश्वर, शारदा, जगदिश, मीरा, दिपक, केदार श्रीमान्मध्येबाट नयाँ इजलासले यस मामिलाको टुंगो लगाउने अवस्था छ । सुशीला कार्की, विश्वम्भर श्रेष्ठले पछिल्लो आदेशमा संलग्नताको कारण अब यो मुद्दामा संलग्न नहुने कुरा त प्रष्टै छ ।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
एमाले र राजपाबीच नयाँ तालमेल : संविधान संशोधनदेखि सत्तासमीकरणसम्म
कला विश्वविद्यालयको आवश्यकता : मन्त्री अधिकारी
चितुवाको आक्रमण नरोकिँदा त्रास
चितुवाको आक्रमण नरोकिँदा त्रास
बजेट बाँडफाँटप्रति सांसदहरूको असन्तुष्टि
बजेट बाँडफाँटप्रति सांसदहरूको असन्तुष्टि
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक

तपाईंले छुटाउनुभयो कि?