निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
२५ पटक हेरिएको
Shares
निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ

सारांश

  • काठमाडौँ ।
  • निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्ने बताएका छन् ।
  • राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्यौल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्यौल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् ।

“महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नुहुँदैन । कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ । नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान सङ्ख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,” उनले भने ।

उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे ।

निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए ।

समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिलाको अवस्थालाई एकीकृत ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको बताइन् । विशेषगरी अघिल्लो वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा भएको महिला सहभागिता र प्रतिनिधित्वलाई पुस्तकमा विशेष जोड दिएको उनले जानकारी दिइन् ।

उक्त पुस्तकबाट महिलाको क्षेत्रमा अध्ययन गर्न, योजना तर्जुमा गर्न, परियोजना निर्माण गर्न र पैरवी गर्नसमेत पुस्तक उपयोगी हुने उनको भनाइ छ ।

दोस्रो अङ्क प्रकाशन भएको उक्त पुस्तकमा नेपालको संविधान र कानूनद्वारा सुनिश्चित महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, पेसागत हक अधिकारको प्रयोग, पहुँच र महिलाको अवस्था कस्तो छ ? कति प्रभावकारी छ ?, महिलाभित्र विशेष समुदायका सवाल, लैङ्गिक हिंसापीडितका लागि राज्यबाट भएका विशेष व्यवस्था, प्रविधिमा महिलाको पहुँचको सवाल, महिलाउपर हुने सबै किसिमका भेदभावविरुद्ध महासन्धि कार्यान्वयनको अवस्था र चुनौती, बालिका, किशोरी र महिलालाई असर पारिरहेका अन्य सवाल र लैङ्गिक उत्तरदायी बजेटजस्ता विषयमा विश्लेषणात्मक सामग्री समावेश गरिएको छ ।

नेपालमा महिलाको वर्तमान अवस्थालाई उजागर गर्ने उद्देश्यले आयोगले गत वर्षदेखि “नेपालमा महिलाको अवस्था” नामक पुस्तक प्रकाशन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो
स्मार्ट लाइसेन्स प्रकरणमा सर्वोच्चको अन्तरिम आदेशले निरन्तरता पायो
तनहुँमा डेङ्गु सङ्क्रमित छ हजारभन्दा बढी पुगे
तनहुँमा डेङ्गु सङ्क्रमित छ हजारभन्दा बढी पुगे
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन : अध्यक्ष ठाकुर (अन्तर्वार्ता )
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
मन्त्रिपरिषद्का निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै !
बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय
बिमस्टेक सचिव स्तरिय बैठक : ग्रीड कनेक्टिभिटी सहित १६ एजेण्डा तय
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
हराएका वडा सदस्य मृत फेला, खुकुरि प्रहारबाट दुइ जना घाइते
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण  “
“नेता सुरक्षित हुन खाेज्दा पिडितकाे न्याय हरण “
सडकको वर्गीकरण र क्षेत्राधिकार निर्धारण
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न

तपाईंले छुटाउनुभयो कि?