अर्गानिक कृषी मेलामा भीड

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
अर्गानिक कृषी मेलामा भीड

सारांश

  • ललितपुर, १८ माघ ।
  • माघ १७ गतेदेखि ललितपुरको पाटन संग्राहलयमा सुरु भएको अर्गानिक कृषि मेलामा उल्लेख्यमात्रामा कृषकदेखि कृषि क्षेत्रमा सरोकार राख्नेहरु उल्लेख्य संख्यामा पुगिरहेका छन् ।
  • मुलुकलाई अर्गानिक उत्पादन केन्द्रको रुपमा रुपान्तरण गर्ने लक्ष्य सहित सुरु भएको मेलामा अर्गानिक कृषि उत्पादन प्रदर्शनीमा राखिएका छन् ।

ललितपुर, १८ माघ । माघ १७ गतेदेखि ललितपुरको पाटन संग्राहलयमा सुरु भएको अर्गानिक कृषि मेलामा उल्लेख्यमात्रामा कृषकदेखि कृषि क्षेत्रमा सरोकार राख्नेहरु उल्लेख्य संख्यामा पुगिरहेका छन् । मुलुकलाई अर्गानिक उत्पादन केन्द्रको रुपमा रुपान्तरण गर्ने लक्ष्य सहित सुरु भएको मेलामा अर्गानिक कृषि उत्पादन प्रदर्शनीमा राखिएका छन् । मेलाको आयोजना अर्गानिक एशोसियसन नेपाल र कञ्जनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरले संयुक्तरुपमा गरेका हुन् ।

मेलामा अर्गानिक उत्पादनका ५० भन्दा बढि स्टलहरु राखिएका छन । बिश्व बजारमा अत्याधिक माग रहेको अर्गानिक उत्पादन मात्रा बढाउन सक्ने विश्व बजरामा बजारीकरणको समस्या नभएको अर्गानिक एशोशिएन नेपालका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले बताए ।

नेपालमै उत्पादन भएका अर्गानिक चिया, मह, तरकारी तथा हस्तकलाका सामाग्री राखिएको स्टलमा पुगेर सर्वसाधारणले जानकारी लिने तथा खरिद गर्ने समेत गरिरहेका छन् । नेपाली अर्गानिक उत्पादनको प्रवद्र्धन र सर्वसाधारणमा यस्ता उत्पादनको महत्वको बारेमा चेतना अभिवृद्धि गर्नका लागि मेलाको आयोजना गरिएको आयोजक संस्थाले जनायो । मेला माघ २० गते सोमबार सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?