सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा

सारांश

  • २५ मंसिर, सप्तरी ।
  • स्थानीय चुनावमा पनि सप्तरीको कुनै तहमा जित्न नसकेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि जित निकाल्न सकेन ।
  • स्थानीय चुनावमा एक्लै लडेको माओवादीले यो चुनावमा नेकपा एमालेको पनि साथ पाएको थियो ।

२५ मंसिर, सप्तरी । स्थानीय चुनावमा पनि सप्तरीको कुनै तहमा जित्न नसकेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि जित निकाल्न सकेन । स्थानीय चुनावमा एक्लै लडेको माओवादीले यो चुनावमा नेकपा एमालेको पनि साथ पाएको थियो ।

वाम गठबन्धनबाट माओवादीले प्रतिनिधिसभाको दुई सिट र चार सिट प्रदेशसभामा उम्मेदवारी दिएको थियो । गठबन्धनबाट जिल्लामा एमालेले दुई वटा प्रदेश सभा जितेपनि माओवादी भने शुन्यमा सीमित भयो ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा माओवादीको उम्मेदवार थियो भने प्रदेशसभा क्षेत्र १ को ‘क’, २ को ‘क’ र ‘ख’ एवं ४ को ‘ख’ मा माओवादीको उम्मेदवारी थियो ।

पूर्व सांसद् अशोक र उमेश पराजित

माओवादी केन्द्रका लागि क्षेत्र नम्बर १ बाट अशोक मण्डल र २ बाट उमेश यादव उम्मेदवार बनेका थिए । यी दुवै उम्मेदवार मधेशी गठबन्धनसँग पराजित भएका छन् ।

क्षेत्र नम्बर १ मा अशोक मण्डल संघीय समाजवादी फोरम नेपालका डा. सुर्यनारायण यादवसँग ३ हजार मत अन्तरले र उमेश फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग १० हजार मत अन्तरले पराजित भए ।

दोस्रो संविधानसभाको निर्वाचनमा अशोक र उमेश तत्कालिन क्षेत्र नम्बर २ र ३ बाट निर्वाचित भएका थिए । यसअघि उनीहरु संसद्मा कुर्सी तोडेर चर्चामा आएका थिए । उमेश सिंचाई मन्त्री समेत बने केपी शर्मा ओली नेतृत्व सरकारमा ।

प्रदेशसभामा यसकारण भयो हार

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ता गराउने अघिल्लो दिन माओवादीले दुई जनालाई अन्य पार्टीबाट प्रवेश गराउँदै टिकट दियो ।

प्रदेशसभा १ को ‘ख’ मा राप्रपाबाट सकिल अलीलाई भित्र्याएर टिकट दिइयो भने ४ को ‘ख’ मा राजपाबाट भित्र्याएर शशी यादवलाई टिकट दिइयो । तर, यी दुवै जना नवप्रवेशी उम्मेदवार भने तेस्रो स्थानमा रहे ।

नवप्रवेशीलाई टिकट दिएको भन्दै पार्टीमा व्यापक असन्तुष्टि थियो । प्रदेश सभा ४ ‘ख’ मा शशीलाई टिकट दिनुअघि नै बालेश्वर यादवलाई टिकट दिइएको थियो । यो आक्रोशमा बालेश्वरले स्वतन्त्र उम्मेदवारी दिए ।

प्रदेशसभा १ को ‘ख’ मा राजपाका उम्मेदवार नवलकिशोर साह १३ हजार ६ सय ४७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बद्री महात्मान यादव ६ हजार ३ सय ३३ मतसहित दोस्रो र माओवादीका सकील अली ६ हजार २ सय ५७ मतसहित तेस्रो बने ।

प्रदेशसभा ४ को ‘ख’ बाट ९ हजार ६ सय ५ मत ल्याएर मधेशी गठबन्धनका अभिषेक यादव निर्वाचित हुँदा काँग्रेसका विवेकानन्द झा ७ हजार ३ सय ३६ मतसहित दोस्रो र माओवादीका शशी ४ हजार ४ सय ७९ मतसहित तेस्रो स्थानमा रहे ।

प्रदेश सभा २ को ‘ख’ बाट माओवादीका उम्मेदबार महेश यादव दोस्रो हुन सफल त भए, तर फराकिलो मत अन्तरले यो प्रदेशबाट मनिष सुमन ८ हजार ९ सय ३९ मत ल्याएर विजयी हुँदा महेशले ४ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ को ‘क’ मा माओवादीका उम्मेदवार सरोज मण्डलले पनि जित्न सकेनन् । फोरम नेपालका शैलेन्द्र शाह १० हजार ५ सय ७७ मतसहित निर्वाचित हुँदा मण्डलले ७ हजार ५ सय ९३ मत पाएका छन् ।

माओवादीले एमालेको साथ पाएर पनि कुनै सिट जित्न नसक्नुलाई पार्टीकै कमजोरी रहेको कार्यकर्ताहरुले बताएका छन् । उनीहरुले पार्टीभित्रको लामो समयको गुटबन्दीको अन्त्य हुन नसक्दा यस्तो समस्या भोग्नुपरेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूसःविस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
रूसःविस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले
समानुपातिक भोटमा माओवादीलाई फेरि उछिन्यो राष्ट्रिय स्वतन्त्र पार्टीले
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
दुर्गममा डिजिटल क्रान्ति: मुगु र बाजुराका विकट बस्तीहरूमा विस्तार भयो तीव्र गतिको फोरजी
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक
अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक
वाफ रे ! नत्र त केपी ओलीले  यो राष्ट्र नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन् !
वाफ रे ! नत्र त केपी ओलीले यो राष्ट्र नरेन्द्र मोदीका हातमा बुझाइसक्ने रहेछन् !
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
जेलमा सापटी लिएको एक हजार फिर्ता नगर्दा हत्या
यो गाउँको एकजनाबाहेक सबै कोरोना संक्रमित
यो गाउँको एकजनाबाहेक सबै कोरोना संक्रमित
जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न
जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न