प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया

सारांश

  • एजेन्सी।
  • वेष्ट इण्डिज क्रिकेट टोलीका अलआउण्डर आन्द्रे रसेलले ‘सुपर हिरो’ उपनाम पाउँदा आफुलाई खुसी लाग्ने बताएका छन् ।
  • संयोगनै सही, रसेलले भारतमा जारी १२ औं संस्करणको आईपीएलमा कोलकत्ता नाईट राइडर्सबाट तहल्का मच्चाई रहँदा हलिउडको बहुचर्चित फिल्म ’एभेन्जर्स’ को नयाँ सिरिज विश्वभर प्रदर्शनमा रहेको छ ।

एजेन्सी। वेष्ट इण्डिज क्रिकेट टोलीका अलआउण्डर आन्द्रे रसेलले ‘सुपर हिरो’ उपनाम पाउँदा आफुलाई खुसी लाग्ने बताएका छन् । संयोगनै सही, रसेलले भारतमा जारी १२ औं संस्करणको आईपीएलमा कोलकत्ता नाईट राइडर्सबाट तहल्का मच्चाई रहँदा हलिउडको बहुचर्चित फिल्म ’एभेन्जर्स’ को नयाँ सिरिज विश्वभर प्रदर्शनमा रहेको छ । र, सोहि आधारमा धेरैले उनलाई एभेन्जर्ससंग तुलना गर्दै सुपर हिरोको उपनाम दिएका छन् ।

रसेलले कोलकत्तालाई जित दिलाउन एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत आइतबार मुम्बई इण्डिएनसबिरुद्द उनले बिस्फोटक पारी खेल्दै कोलकत्तालाई जित दिलाए । सो खेलमा उनले ४० बल खेल्दै ८ छक्का र ६ चौकाको मद्दतले ८० रनमा अविजित रहेका थिए । बलिङतर्फ २ विकेट हात परेका थिए ।

‘म एभेन्जर्सको प्रशंसक हो । केही समयदेखि म एभेन्जर्स हेरिरहेको छु । यदि मलाई प्रशंसकले सुपर हिरोको उपनाम दिन्छन भने म खुसी छु ।’ खेलपछि उनले भने । दुई पटकको आईपीएल च्याम्पियन कोलकत्तालाई लगातार ६ खेलको हारबाट निकाल्दै उनले ३४ रनको जित दिलाएका थिए ।

‘हात र आँखालाई एकै ठाउँमा केन्द्रित गर्दै ब्याटको बेगसंगै आफुलाई नियन्त्रणमा राख्नु निकै महत्वपुर्ण छ ।’ आफुलाई क्रिकेटमा सुपर हिरो बनाउने कारण बारे रसेलले भने । इडेन गार्डेनमा उनले ८० रन प्रहार गरेका थिए । मुम्बईका बलरले सबै तरिका अपनाउँदा पनि रसेल तथा कोलकत्तालाई जितबाट रोक्न सकेनन् ।

१२ खेलमा ५ जित हात परेको कोलकत्ता अंक तालिकाको छैटौ स्थानमा छ । प्ले अफमा पुग्न उसले बाँकीं दुई खेल जित्न पर्ने दबाब छ । ‘आशा छ बाँकी दुई खेलमा जित हात पर्दै प्ले अफ पुग्ने छौ । यो मेरा जिवनको उत्कृष्ट दिन बनेका छन् ।’ रसेलले थपे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,
“रेड लाइट एरिया बैधानिक की अबैधनिक ” – सचिन्द्र श्रेष्ठ,
शेर्पा एकता समाजद्वारा पहिरो पीडित परिवारलाई राहत वितरण
माता पाथीभरा
माता पाथीभरा
नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं
नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं
१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप
१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप
यसरी होटल बन्यो मन्त्री निवास
यसरी होटल बन्यो मन्त्री निवास
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार !
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी

तपाईंले छुटाउनुभयो कि?