प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोड फाइदा

सारांश

  • ककाठमाडौं, पुस २९ ।
  • माओवादीबाट सरकारमा प्रतिनिधित्व गरेका बिना विभागीय मन्त्रीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष रााजीनामा पत्र बुझाएका छन् ।
  • राजीनामासँगै बिनाबिभागीय बनेदेखि यताको सेवासुविधा नलिन प्रचण्डले आदेश दिएपछि उनीहरुले नलिने घोषणा गरेका छन् ।

ककाठमाडौं, पुस २९ । माओवादीबाट सरकारमा प्रतिनिधित्व गरेका बिना विभागीय मन्त्रीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष रााजीनामा पत्र बुझाएका छन् । राजीनामासँगै बिनाबिभागीय बनेदेखि यताको सेवासुविधा नलिन प्रचण्डले आदेश दिएपछि उनीहरुले नलिने घोषणा गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एउटा आदेशले मुलुकलाई सवा करोडभन्दा बढी फाइदा भएको छ । सरकारमा रहेका बिनाविभागीय मन्त्रीहरुले पाउने राज्यकोषको सवा करोड रुपैयाँभन्दा बढी खर्च बचेको हो ।

सरकारले मन्त्रीहरूका लागि मासिक पारिश्रमिकका अतिरिक्त निजी सचिवालय खर्च, सवारीसाधनको इन्धन, मासिक मसलन्द तथा अतिथि सत्कार, मोबाइललगायत विभिन्न शीर्षकका खर्च व्यहोर्ने गर्छ । भाडामा बस्नेहरूका लागि घरभाडा, खानेपानी, बिजुलीका लागि छुट्टै रकम दिइन्छ ।

उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका निजी सचिवालयले मात्र ७४ लाख १७ हजार ९ सय ३९ रुपैयाँ तलबबापत रकम सरकारबाट पाउँथ्यो । तर प्रचण्डको आदेशपछि मन्त्रीहरूले ती सबै सुविधान नलिने निर्णय गरेका हुन् । त्यस्तै उपप्रधानमन्त्रीको निजी सचिवालयका लागि पाउने मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँ, मन्त्रीका लागि मासिक १ लाख ५७ हजार ३ सय ६० रुपैयाँ र राज्यमन्त्रीका लागि १ लाख ५७ हजार ३ सय ६० रुपैयाँ पनि प्रचण्डकै आदेशपछि सरकारलाई फिर्ता जाने भएको छ ।

मन्त्रीदेखि राज्यमन्त्रीको गाडीको इन्धनको खर्चसमेत सरकारले नै व्यहोर्ने गर्र्छ । इन्धनका लागि १६ जनाले ९ लाख १४ हजार रुपैयाँ र मोबाइल खर्चका लागि १ लाख ३९ हजार २ सय रुपैयाँ राज्यकोषबाट लिन पाइन्छ । मसलन्द र अतिथि सत्कारका नाममा मात्र यस अवधिमा एक लाख ५३ हजार ७ सय रुपैयाँ खर्च हुन्थ्यो तलब बापत उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले क्रमशस् ६५ हजार २ सय, ६० हजार ९ सय ७० र राज्यमन्त्रीले ५७ हजार ७ सय ८० पाउने गर्छन् ।

सरकारी निवास बाहिर बस्ने मन्त्री तथा राज्यमन्त्रीले पानीका लागि २ लाख २८ हजार ४ सय रुपैयाँ र बिजुलीका लागि ५८ हजार रुपैयाँ सरकारले उपलब्ध गराउने गरेका छन् । त्यसबाहेक सवारी निवास प्रयोग नगर्ने मन्त्रीहरूले घरभाडा बापत मासिक ४० हजार रुपैयाँ, खानेपानीका लागि मासिक ४० हजार लिटरका हिसाबले करिब १२ हजार र बिजुली औसत मासिक २५ सय रुपैयाँ पाउँछन् ।

सरकारमा रहेर प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेको भन्दै ३१ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी १७ मन्त्रीलाई बिनाविभागीय बनाइदिएका थिए । जिम्मेवारी मुक्त भए पनि चुनावविरुद्व ‘षड्यन्त्र’ हुन सक्ने भन्दै माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको थियो ।

देउवा सरकारमा माओवादी केन्द्रका तर्फबाट एक जना उपप्रधानमन्त्री, आठ जना मन्त्री र आठ जना राज्यमन्त्री सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता
आइसोलेसनमा राखिएका एकको मृत्यु, कोरोना संक्रमित भए नभएको पुष्टि हुन बाँकी
आइसोलेसनमा राखिएका एकको मृत्यु, कोरोना संक्रमित भए नभएको पुष्टि हुन बाँकी
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?
उपेन्द्र, सिके र जयप्रकाशमध्ये कसले मार्ला बाजी ?
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !
काठमाडौंमा घर भएका वडा सदस्य समेत गरिबको सूचिमा
काठमाडौंमा घर भएका वडा सदस्य समेत गरिबको सूचिमा
‘मास प्रिन्टर’ खरिद अघि बढ्दै
‘मास प्रिन्टर’ खरिद अघि बढ्दै
रौतहटमा अनिल झामाथि हातपात
रौतहटमा अनिल झामाथि हातपात

तपाईंले छुटाउनुभयो कि?