निर्वाचन परिणामले हतोत्साही बनाए पनि कमल थापाले अब यसो गर्ने
सारांश
- काठमाडौंं, १२ भदौ ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा महिला हिंसा, बलात्कार जस्ता अप्रिय घटनाहरु मौलाउँदै गएको अवस्थामा आम नारीहरुको पीडा, व्यथा र मर्कालाई अभिव्यक्त गर्न महत्व राख्ने तीजको कार्यक्रम राखेर राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेका हिंसा, शृंखलाबद्ध रुपमा भएका बलत्कारको विरोध गर्नुपर्ने बताएका छन् ।
- विभिन्न रुपका पीडा, दुःख, व्यथाहरुलाई एकछिन बिर्सेर शुभकामना आदानप्रदान एवं रमाइलो समेत गर्ने उद्देश्यले तीजको कार्यक्रम आयोजना गरेकामा संगठनलाई धन्यवाद समेत दिएका छन् ।
काठमाडौंं, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा महिला हिंसा, बलात्कार जस्ता अप्रिय घटनाहरु मौलाउँदै गएको अवस्थामा आम नारीहरुको पीडा, व्यथा र मर्कालाई अभिव्यक्त गर्न महत्व राख्ने तीजको कार्यक्रम राखेर राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेका हिंसा, शृंखलाबद्ध रुपमा भएका बलत्कारको विरोध गर्नुपर्ने बताएका छन् । विभिन्न रुपका पीडा, दुःख, व्यथाहरुलाई एकछिन बिर्सेर शुभकामना आदानप्रदान एवं रमाइलो समेत गर्ने उद्देश्यले तीजको कार्यक्रम आयोजना गरेकामा संगठनलाई धन्यवाद समेत दिएका छन् ।
राप्रमसंका अध्यक्ष कुन्तिकुमारी शाहीको अध्यक्षतामा राजधानीमा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको सामाजिक, साँस्कृतिक, राजनीतिक सद्भाव र एकताको लागि नेपालका पर्वहरुको विशिष्ट स्थान र भूमिका रहेको उल्लेख गरे । आगामी बर्षदेखि यस्ता कार्यक्रमहरु केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहका वडासम्म आयोजना गरी अधिकांश महिलाहरुलाई समेट्न राप्रमसंलाई आग्रह पनि गरे ।
गत निर्वाचनको परिणामले केही हतोत्साही बनाए पनि अब पार्टीले नयाँ गति लिएर अगाडि बढेकोले नयाँ उत्साहका साथ सक्रिय हुँदै जनताको घरदैलोमा पुग्न महिलाहरुलाई उनले आग्रह गरे । दत्तचित्त भएर पार्टीका एजेण्डाहरुलाई जनतामाझ पु¥याउन र आगामी निर्वाचनमा पार्टीलाई प्रमुख शक्तिको रुपमा स्थापित गर्न सम्पूर्ण महिला दिबिहिनीको सक्रियता र योगदानको अपेक्षाका साथ अध्यक्ष थापाले तीजको अवसरमा सम्पूर्ण नारीहरुको स्वाभिमान र मुक्तिको लागि प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका थिए ।
प्रतिक्रिया