मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
मेलम्ची खानेपानी आयोजनाको काम सीएमसीले नै पुरा गर्छः प्रधानमन्त्री ओली

सारांश

  • काठामाडौं, १९ पुस ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने पुरा गर्ने बताएका छन् ।
  • आज ललितपुरको बालकुमारीमा फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै उनले कम्पनीको पनि प्रतिवद्धता रहेकाले बाँकी काम सिएसीलेनै पुरा गर्नेमा आफु विस्वस्त रहेको बताए ।

काठामाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने पुरा गर्ने बताएका छन् ।

आज ललितपुरको बालकुमारीमा फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै उनले कम्पनीको पनि प्रतिवद्धता रहेकाले बाँकी काम सिएसीलेनै पुरा गर्नेमा आफु विस्वस्त रहेको बताए ।

आयोजना तीब्रताका साथ अघि बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले आयोजनाको काम चिल्लो सडकमा जापानी कार दौडिएजस्तो अघि बढिरहेको दावी गरे । कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले भने आयोजना तीब्र गतिमा अघि बढिरहेको बताए ।

आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने प्रधानमन्त्री ओलीको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?