किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
सारांश
- कञ्चनपुर, १६ भदौ ।
- कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ निवासी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् ।
कञ्चनपुर, १६ भदौ । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ निवासी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् ।
पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए ।
पूजापाठ चलिरहेको ठाउँबाट बोलाएर केही पर लगी किशोरीलाई जबर्जस्ती करणी गरिएको समाचार आएको थियो । युवतीलाई जबदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न थप एक जनाको प्रहरीले खोजी गरिरहेको छ । किशोरीको स्वास्थ्य परीक्षणलगायतका काम र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आइ बी बोम्जन
सिद्दै फाँसी दिएहुन्छ हरामीलाइ