अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की

सारांश

  • काठमाडौं, १३ असाेज ।
  • नायिका प्रियंका कार्कीले अश्लिल साईटमा प्रतिबन्ध लगाउनु गलत भएको बताएकी छिन् ।
  • चलचित्र ‘कथा काठमाडौं’को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले यस्तो अभिब्यक्ति दिएकी हुन् ।

काठमाडौं, १३ असाेज । नायिका प्रियंका कार्कीले अश्लिल साईटमा प्रतिबन्ध लगाउनु गलत भएको बताएकी छिन् । चलचित्र ‘कथा काठमाडौं’को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले यस्तो अभिब्यक्ति दिएकी हुन् । देशमा पछिल्लो समय बलात्कार तथा यौनजन्य हिंसा बढेसँगै सरकारले अश्लिल वेबसाइटहरु बन्द गर्ने निर्णय गरेको थियो । ‘अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन’ प्रियंकाले भनिन्, ‘आ–आफ्नो इच्छाको कुरा हो, मान्छेले चाह्यो भने सिडी, डिभिडीहरु किनेर पनि हेरिहाल्छ ।’

अश्लिल साइट बन्द गर्नाले अझ आपराधिक घटना बढ्नसक्ने प्रियंकाको भनाई छ । ‘अश्लिल साइट बन्द गर्नाले मानिसहरुमा झन् धेरै यौन कुण्ठा हुनसक्छ’ उनी भन्छिन्, ’त्यसले गर्दा झन् धेरै बलात्कार र यौनजन्य अपराध बढ्नसक्छ ।’ अश्लिल साइट बन्द गर्नुमात्र देशमा ब्याप्त बलात्कार तथा अन्य यौनजन्य अपराधको समस्या समाधान नहुने प्रियंकाको तर्क छ । असोज ५ गते सुचना तथा सञ्चार प्रविधी मन्त्रालयले नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै नेपालमा अश्लिल वेबसाइट बन्द गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?