अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
सारांश
- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यसहित रकम संकलन अभियानलाई तिव्रता दिइएको छ ।
- केन्द्रमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने छ र त्यहाँ विश्व शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मिएको भनेर उल्लेख गरिने छ ।
- गत २४ जुनमा मेलवर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा केन्द्र निर्माणका लागि रकम संकलन कार्यक्रम आयोजना गरिएको थियो ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यसहित रकम संकलन अभियानलाई तिव्रता दिइएको छ । केन्द्रमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने छ र त्यहाँ विश्व शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मिएको भनेर उल्लेख गरिने छ ।

गत २४ जुनमा मेलवर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा केन्द्र निर्माणका लागि रकम संकलन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गरे । उनले यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्ने बचन दिए ।
सदस्यता वितरणका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि एकैदिनमा १ लाख डलरभन्दा बढी रकम संकलन भएको केन्द्रका अध्यक्ष रन्जन वैद्यले जानकारी दिए ।
सामुदायिक केन्द्रका लागि लुम्बिनी-कपिलवस्तु विश्व अभियानका तर्फबाट गौतम बुद्धसँग सम्बन्धित कुनै महत्वपूर्ण कुरा उपलब्ध गराउन सामुदायिक केन्द्रका अध्यक्ष वैद्यले आग्रह गरेका थिए । सोही अनुरुप लुम्बिनीका भिक्षु टुण्डुकले वुद्ध जन्मस्थल लुम्बिनीको पवित्र माटो हस्तान्तरण गरेका थिए । अभियानका विश्व सल्लाहकार प्रा. डा. कबिताराम श्रेष्ठ, गोर्खापत्रका पूर्वसम्पादक एवम् लुम्बिनी विश्वविद्यालयका पहिलो रजिष्ट्रार केदार शाक्य, अभियानका नेपाल च्याप्टर कोषाध्यक्ष धर्मबहादुर शाक्य, अभियानका नेपाल च्याप्टर सचिव निलेश अधिकारी लगायतको टोली लुम्बिनी गएकाबेला भिक्षु टुण्डुकले माटो हस्तान्तरण गरेका हुन् ।
वुद्ध जन्मस्थल नेपालको लुम्बिनीको उक्त पवित्र माटो मेलवर्नमा निर्माण गरिने सामुदायिक केन्द्रमा बिशेष शोकेसमा बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको जानकारीसहित सजाएर राख्ने ब्यवस्था गरिने अध्यक्ष वैद्यले जानकारी दिए ।
प्रतिक्रिया