असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
४५ पटक हेरिएको
Shares
असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग

सारांश

  • काठमाडौँ ।
  • नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
  • चालु आवको मौद्रिक नीतिको मध्यावधी समीक्षाका लागि आज नौ बुँदे सुझाव दिँदै चेम्बरले आगामी असार मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्नु सुझाव दिएको हो ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

चालु आवको मौद्रिक नीतिको मध्यावधी समीक्षाका लागि आज नौ बुँदे सुझाव दिँदै चेम्बरले आगामी असार मसान्तसम्म साँवा र ब्याजको पुर्नतालिकीकरण गर्नु सुझाव दिएको हो ।

यसअघि उत्पन्न तरलता सङ्कटसँगै चर्को ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्प प्रायः रहेकाले अधिकांश ऋणी समस्यामा परेको चेम्बरको ठहर छ । मौद्रिक समीक्षामार्फत् साँवा र ब्याजदरको पुर्नतालिकीकरण गर्न सकिए वित्तीय स्थायित्व कायम हुने चेम्बरको विश्वास छ ।

दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्न एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने चेम्बरको सुझाव छ । चालु पुँजीकर्जा सम्बन्धमा साना ठूला दुवै खाले व्यवसायीलाई समान आधारमा ४० प्रतिशत पु¥याई उद्योग व्यवसाय क्षेत्रको आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्ने समेत चेम्बरले माग गरेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाले आधार दरमा शुन्य दशमलव पाँचदेखि छ प्रतिशतसम्म प्रिमियम लिने गरेको भन्दै प्रिमियम अधिकतम दुई प्रतिशत हुनुपर्ने चेम्बरको माग छ । साथै विप्रेषणलाई बैंकिङ च्यानलबाट मात्रै आउने वातावरण बनाउन आर्कषक प्याकेज ल्याउनुपर्ने चेम्बरको सुझाव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
कोरोना भाइरस खोप ९० प्रतिशत सुरक्षा दिने गरी तयार भएको घोषणा
सरकारले मनपरी गर्न छुट छैन, सरकारलाई ठेगान लगाइन्छ : सभापति शाह
सरकारले मनपरी गर्न छुट छैन, सरकारलाई ठेगान लगाइन्छ : सभापति शाह
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न उच्चस्तरीय छानविन समिति
पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु
पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु
नयाँपाटी गुम्बामा १० दिने विश्व शान्ति माने पूजा सम्पन्न
नयाँपाटी गुम्बामा १० दिने विश्व शान्ति माने पूजा सम्पन्न
नेकपा(एस)को सचिवालय बैठक स्थगित
नेकपा(एस)को सचिवालय बैठक स्थगित
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
मनसुन सक्रिय भएसँगै मुलुकभर उच्च सतर्कता: तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा