असोजदेखि ए डिभिजन लिग सुरु हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३ जेठ ।
  • नेपाली फुटबलमा देखिएको विवादको कारण ठप्प रहेको शहीद स्मृति ए डिभिजन लिग फुटबल असोज १३ देखि पुनः सुरु हुने भएको छ ।
  • लामो समयपछि आयोजना हुन लागेको यस लिगमा कुल १४ क्लबले सहभागिता जनाउने बुधबार जानकारी दिइएको छ ।

काठमाडौं, ३ जेठ । नेपाली फुटबलमा देखिएको विवादको कारण ठप्प रहेको शहीद स्मृति ए डिभिजन लिग फुटबल असोज १३ देखि पुनः सुरु हुने भएको छ ।

लामो समयपछि आयोजना हुन लागेको यस लिगमा कुल १४ क्लबले सहभागिता जनाउने बुधबार जानकारी दिइएको छ । बढिमा ४ वैदेशिक खेलाडि सहित हरेक टोलीले कम्तीमा १८ र अधिकतम ३५ खेलाडि अनुबन्धन गर्न पाउने नियम पनि बनाइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिले ए डिभिजनको मिति तोक्ने जिम्मेवारी विज्ञानराज शर्माको अध्यक्षता रहेको लिग आयोजना कमिटिलाई दिएको थियो । सो कमिटिले लिग फुटबलबारे गरेको गृहकार्यबाट असोज ३ बाट लिग सुरु भइ माघ १६ सम्म संचालन गर्न उपयुक्त भएको निष्कर्ष निकालेको जानकारी दिइएको छ ।

लिगमा थ्रि स्टार क्लब, मनाङ मस्र्याङदी क्लब, हिमालयन क्लबको सहभागिता निश्चीत भइसकेको छ । त्यस्तैगरी विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको टोली पनि सहभागि हुने पक्का भइसक्यो । लिगमा सहभागि हुने अन्य टोलीमा जावलाखेल युथ क्लब, फ्रेन्डस क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युवा क्लब, ब्रिगेड व्वाइज र न्यु रोड टिम छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?