साउदी अरेबियामा कोरोनाले ५२ जना नेपालीको मृत्यु
सारांश
- साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ।
- साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।
- साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको हो।
साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ। साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।
साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार सुरुवाती दिनमा तीव्र रूपमा फैलिएकाले नेपाली पनि संक्रमित भएर ज्यान गुमाउनु परेको हो। कोरोनाबाट संक्रमित भएका नेपालीहरू उल्लेख्यनीय रूपमा निको भएको उनले बताए।
हालको तथ्याङअनुसार साउदीमा ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन। दुतावास रियाद र बाणिज्य दुतावास जेद्धाले स्रोत साधनले भ्याएसम्म साउदीमा कार्यरत नेपालीलाई कोरोना भाइरस सम्बन्धि सरकारको दिएको निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गर्दै आएको छ ।
कोरोना भाइरसबाट हालसम्म साउदीमा ३ लाख २३ हजार १२ जना संक्रमित हुनुको साथै २ लाख ९८ हजार ९ सय ६६ जना निको भएका छन् भने ४ हजार १ सय ६५ जनाको मृत्यु भएको छ। संक्रमितसँगै निको हुने औषत दर ९२ प्रतिशत रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
प्रतिक्रिया