केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
केरामा पानामा रोग : प्रारम्भिक अध्ययन थालियो

सारांश

  • कैलाली।
  • कैलालीको टीकापुरमा केरामा देखिएको टिआर-४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ।
  • नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो।

कैलाली। कैलालीको टीकापुरमा केरामा देखिएको टिआर-४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो। पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण संगठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ। कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ। प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ।

छलफलका क्रममा कार्यदलका संयोजक कृषि वैज्ञानिक डा रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गरे। उनले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताए। “हामीले नमूना लिएर परीक्षण गरेका बारीमा पुग्दा स्थिति डरलाग्दो छ। त्यहाँ ६०/६५ प्रतिशत बिरुवामा सङ्क्रमण फैलिएको छ”, डा खड्का भन्छन्, “रोग फैलिएको क्षेत्रमा नष्ट गर्नु राम्रो हुन्छ भने अन्य क्षेत्रमा विशेष सावधानी आवश्यक छ। अन्य क्षेत्रको स्थलगत अवलोकन गर्दा सङ्क्रमण फैलिएको पाइएको छ।”

माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ। कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा संकलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे। “रोगको सङ्क्रमण पुष्टि भइसकेपछि हतोत्साहित नभएर रेखदेख गर्नुपर्छ। बारी बाहिरको सामग्री बारीमा नलिने र भित्रको सामग्री बाहिर नलिने व्यवस्था मिलाउन सक्नुपर्छ”, उनले भने, “विशेषगरी सवारीसाधन र पानीबाट बढी जोखिम भएका कारण बारीमा सवारीसाधनमा रोक लगाउन जरुरी छ।”

कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको सङ्क्रमण फैलिएको देखाएको छ। कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ। बिरुवाबाट तीन-चार महिनामै लक्षण देखिने गरेको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफैं जिम्मेवार हुनुपर्ने बताए। उनले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिए।

कैलाली केरा उत्पादक संघका अध्यक्ष दीपेन्द्र थारूले रोगको सङ्क्रमण देखिएपछि किसान सचेत भएको बताउनुभयो । “विगतमा पनि प्राकृतिक विपत्तिका कारण ठूलो नोक्सानी व्यहोर्दै आएका छौँ। अब यस रोगले केरा किसान विस्थापित हुने अवस्था छ”, उनले भने, “केरा नष्ट गर्न तयार छौं। हामी केरा व्यवसाय छाडेर अर्को गर्न तयार छौँ, राज्यले विकल्प खोजिदिनुपर्यो।” पानामा रोगको सङ्क्रमण देखिएपछि टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसको ल्याबमा परीक्षणका लागि नमूना पठाउन कार्यदलले किसानलाई सुझाव दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
सुत्केरीको मृत्युपछि आन्दोलन, गण्डकी मेडिकल कलेजको दर्ता खारेजीको माग
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
कोरोनाभाइरस: विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो चेतावनी
कोरोनाभाइरस: विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो चेतावनी
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
वैशाख २५ गतेको राशीफल यस्तो छ, आज कुन राशीको शुभ अंक कुन हो ?
किन लगाइन् करिनाले बिपाशालाई थप्पड ?
किन लगाइन् करिनाले बिपाशालाई थप्पड ?

तपाईंले छुटाउनुभयो कि?