अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक

सारांश

  • मेलबर्न, २९ असाेज ।
  •   १३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले स्ट्रिट मोडेल र फिटनेस नोभिस दुबैमा दोश्रो र फिटनेस ओपन हाइट क्लास १ मा तेश्रो गरी तीन पदक हासिल गरेका छन् ।
  • भने सिड्नी निवासी प्रिन्सा श्रेष्ठले स्पोर्टस मोडल ओपेन क्लासमा तेश्रो र स्पोर्टस मोडल नोभिस र फिटनेस मोडल नोभिस दुबैमा पाँचौं गरी तीन पदक हासिल हात पारिन ।

मेलबर्न, २९ असाेज ।  १३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले स्ट्रिट मोडेल र फिटनेस नोभिस दुबैमा दोश्रो र फिटनेस ओपन हाइट क्लास १ मा तेश्रो गरी तीन पदक हासिल गरेका छन् । भने सिड्नी निवासी प्रिन्सा श्रेष्ठले स्पोर्टस मोडल ओपेन क्लासमा तेश्रो र स्पोर्टस मोडल नोभिस र फिटनेस मोडल नोभिस दुबैमा पाँचौं गरी तीन पदक हासिल हात पारिन ।

करीब दुई हप्ता अघि मात्रै बालाराट युरेका मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका थिए र यस्ले उन्लाई यो राष्ट्रियस्तरको च्याम्पियनशिपमा सहभागी हुन योग्य बनाएको थियो ।

अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोषकुमार श्रेष्ठले परिक्षित र प्रिन्सा श्रेष्ठ दुबैलाई यो राष्ट्रिय स्तरको प्रतियोगिताका लागि आबस्यक परामर्श दिएका थिए ।

यो सफलता प्राप्तीले नेपालीको लागि यो क्षेत्र नयाँँ नै भए तापनि नेपाली यो क्षेत्रमा पनि अगाडि बढन सक्ने प्रमाणित गरेको बताए ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले परिक्षितलाई बधाई दिंदै छोटो समयमा यसरी प्राप्त गरेको उपलब्धीलाई उल्लेखनिय मान्नुपर्ने बताउँदै आगामी दिनमा अझै उल्लेखनिय सफलता हासिल गर्न सकोस भनी शुभेच्छा प्रकट गर्नु भयो ।     

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?