अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
२२ पटक हेरिएको
Shares
अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

सारांश

  • ८ असोजः अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
  • अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ ।
  • ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन ।

८ असोजः अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय क्षेत्रमा पुगेर अड्किने सम्भावना बढी हुने बताइन्छ ।

ह्वेलविज्ञहरूले गत सोमबार तस्मानिया क्षेत्रमा अलपत्र परेका ह्वेल सम्भवत अन्टार्कटिका जाने क्रममा बाटो विराएर पानीको सतह कम भएको तटीय क्षेत्रमा फसेका हुनसक्ने बताएका छन् । उद्धार प्रयासका बावजुद् पनि अनुकुल वातावरण नपाउँँदा तीन दिन भित्रमा यति धेरै सङ्ख्यामा ह्वेलको मृत्यु भएको छ ।

बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन् ।

तास्मानियाका अधिकारीहरूले ‘प्राणी जीवित रहेसम्म’ उद्धार कार्य जारी रहने बताएका छन् ।
“पानीमा जीवितै रहँदासम्म हामीसँग आशावादी हुने अवस्था रहन्छ । तर समय बित्दै जाँदा उनीहरू झन् थकित हुनेछन्,” तास्मानियाको पार्क र वाईल्डलाईफ सर्भिसका क्षेत्रीय प्रबन्धक निक डेकाले बताए ।

त्यसपपहिले सन् २००९ मा करिब २०० पाइलट ह्वेल बलौटे पानीमा फसेको फेला परेका थिए ।

तालिमप्राप्त ६० उद्धारकर्ताको एउटा टोलीले गोफनलगायतका विभिन्न उपकरणको सहयोगले मङ्गलवार बिहानदेखि केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पु¥याउन सुरु गरेका थिए । तर शक्तिशाली छालका कारण उक्त कार्य चुनौतीपूर्ण भइरहेको उनीहरूको भनाइ छ ।-एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले
राजधानी फर्कने यात्रु र गाडी र मानिसहरुको चाप बढ्न थाले
होटलमा प्रहरीले छापा मारेपछि यसरी निस्किए २८ ग्राहक, तिरेका थिए ५ देखि ७ हजार
होटलमा प्रहरीले छापा मारेपछि यसरी निस्किए २८ ग्राहक, तिरेका थिए ५ देखि ७ हजार
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
सभामुखबारे अनिर्णीत हुँदा प्रतिनिधिसभा सत्तापक्षको बन्धक
सभामुखबारे अनिर्णीत हुँदा प्रतिनिधिसभा सत्तापक्षको बन्धक

तपाईंले छुटाउनुभयो कि?