सिन्डिकेटवालाले आन्दोलन गरे रुट इजाजत खारेज गर्ने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
१५
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ।
  • महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ।
  • बैठकले कार्यविधि तत्काल संशोधन गर्नुपर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए।

काठमाडौं – सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ। महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ।

बैठकले कार्यविधि तत्काल संशोधन गर्नुपर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए। ‘सरकारले यातायात व्यवसायीलाई बेवास्ता गरेर ल्याएको कार्यविधि नमान्ने निर्णय गरेका छौं,’ उनले भने, ‘परिषद्को बैठकले सरकारले कार्यविधि संशोधन नगरेसम्म चरणबद्धरुपमा आन्दोलनमा उत्रिने निर्णय गरेको छ।’

पहिलो चरणमा राजनीतिक दलसँग सल्लाह गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उनले बताए। ‘सरकार कुन रुपमा उत्रिन्छ, सोही अनुसार नै आन्दोलनका कार्यक्रम तय गरिनेछ’, उनले थपे।

‘आन्दोलनमा उत्रिनेको तत्काल रुट इजाजत खारेज’
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीले आफ्नो कमजोरी लुकाउन आन्दोलनको सहारा लिन खोजेको दाबी गरे। ‘यातायात व्यवसायीले  जस्तोसुकै आन्दोलन गरे पनि सरकार आफ्नो निर्णयमा झुक्दैन, डटेर सामना गर्छ। आन्दोलनमा उत्रिने यातायात व्यवसायीको तत्कालै रुट इजाजत खारेर गरेर देशभर नै नयाँ यातायात व्यवसायी सञ्चालन अनुमति दिन्छौं,’ उनले भने, ‘आन्दोलन गर्ने यातायात व्यवसायीलाई अत्यावश्यक ऐन २०१४ अनुसार कडा कारबाही गर्छौं।’ उनका अनुसार सरकार सिन्डिकेट  अन्त्य गर्न लामो समयदेखिको योजनासहित अघि बढेको हो, त्यसैले पछि हट्दैन।

आजको नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Ha-RiSh KC

    यातायात व्यावसायि संघ लाई खारेज गर्नु राम्रो हुन्छ। लाखौं जनताको हित बिपरित जाने लाई बन्दै गर्दे हुन्छ।

    Comment Author

    Suresh Humagain

    good

    Comment Author

    Netra Ghimire

    good

    Comment Author

    Saroj Kumar Timalsina

    Good

    Comment Author

    Resham Bhujel

    Ati ramro hunxha

    Comment Author

    Paudel Laxman

    Yo mamala Ma sarkar pachi hatyo vane kp oli le pm bata rajinama diea huncha kp oli ko sarkar pachi hatnu hudaina yedi pachi hatyo vane yo sarkar asafal hune pakka cha mukh matra hoina oli jeeu kam garera dekhau

    Comment Author

    Padma Nidhi Tiwari

    very good

    Comment Author

    Dosi Mohan Sunuwar

    खारेज गर्नै पर्छ यसमा सर्कार झुक्नु हुन्न किनकि सेन्टिगेट लाद्नु गलत हो।

    Comment Author

    Shekhar Pradhan

    Good

    Comment Author

    Rupesh Shrestha

    Sarkar ko prasagsa gukta kaam garnai parxa khareg

    Comment Author

    Tilak Raj Khanal

    Jana Bhawanako Kadar Bhayo Hai.Yestai Ramra Kamgarne Satbuddi Aawos.

    Comment Author

    Parbat Giri

    Good very very good

    Comment Author

    Mandupa Ramli Hang Rai

    Ramro kuro ho

    Comment Author

    Tilak Karki

    yo kam ta garnai parxa

    Comment Author

    उत्तम घिमिरे

    अाम जनताले धैर्यधारण गराैं, नाकावन्दि भन्दा वढि समर्थन दिउँ ।
    राजनितिज्ञले पनि सत्तामा सिण्डिकेट चलाएका छन् तिन्लाई पनि धकेल्नु छ । सुरुअात यसैवाट हाेस् ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?