कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कोरोना भाइरस प्रकोपः अमेरिकी र जापनिज नागरिकसहित ज्यान गुमाउनेको संख्या ८ सय १३ पुग्यो

सारांश

  • काठमाडौँ ।
  • पछिल्लो समय चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट आइतबार बिहानसम्म ८११ जनाले ज्यान गुमाएका छन् ।
  • शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको र हालसम्म ३७ हजार १ सय ९८ जना संक्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ।

काठमाडौँ । पछिल्लो समय चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट आइतबार बिहानसम्म ८११ जनाले ज्यान गुमाएका छन् ।

शनिबार मात्रै कोरोना भाइरसका कारण चीनमा ८९ जनाको ज्यान गएको र हालसम्म ३७ हजार १ सय ९८ जना संक्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ। शनिबार मात्रै २ हजार ६ सय ९८ जना नयाँ संक्रमित फेला परेका छन् ।

चीनमा सो भाइरसबाट फेबू्रवरी ३ मा ६४, फेबू्रवरी ४ मा ६६, फेबू्रवरी ५ र ६ मा ७३, ७३, फेब्रुवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९ जनाको ज्यान गएको छ।

यसअघि उक्त भाइरसका कारण चिनियाँ बाहेक फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्यान गइसकेको छ। चीनमै पनि शुक्रबार र शनिबार एक अमेरिकी र एक जापानीज नागरिकको ज्यान गएको छ ।

चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा ४ सय बढी संक्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

चीनपछि जापानमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । शनिबारसम्म जापानमा ८९ जना संक्रमित भेटिएका हुन् ।

यस्तै नेपाल सरकारले चीनमा रहेका एक सय ८० जना नेपालीलाई नेपाल ल्याउँदै छ । काठमाडौँ ल्याएर छुट्टै राख्ने ठाउँको टुँगो लगाएको सरकारले २ विमान तयारी अवस्थामा राखेको यसअघि नै सार्बजनिक गरेको छ ।

सरकारले उनीहरुलाई दुई साता छुट्टै निगरानिमा राख्न भक्तपुरको खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रका २ भवन शनिबार खाली गराएको छ ।

यसैबीच हङ्‍कङले घातक कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीन मुख्य भूमिबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको छ।

चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ। नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?