अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्

सारांश

  • बीबीसी।
  • प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा आगो र डढेलोहरू नियन्त्रणभन्दा बाहिर जान थालेपछि त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस पुगेका विवरण प्राप्त भएका छन्।
  • सोमवार सबैभन्दा खतरनाक आगो भिक्टोरिया राज्यमा फैलिएका थिए।

बीबीसी। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा आगो र डढेलोहरू नियन्त्रणभन्दा बाहिर जान थालेपछि त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस पुगेका विवरण प्राप्त भएका छन्।

सोमवार सबैभन्दा खतरनाक आगो भिक्टोरिया राज्यमा फैलिएका थिए।

आगो लागेका स्थानहरूमा अग्निनियन्त्रकहरूलाई स्वयंसेवकहरूले साथ दिइरहेका छन्।

आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रसिद्ध विदा गन्तव्य इस्ट गिप्सल्यान्डबाट पर्यटक तथा नगरबासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिसकिएको छ।

त्यस क्षेत्रमा करिब ३० हजार मानिस बसोबास गर्छन्।

तर वनमा लागेका आगो र डढेलो प्रमुख राजमार्गसम्मै आइपुग्दा मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ।

अधिकारीहरूका अनुसार हावाहुरीका कारण आगोहरू तटीय क्षेत्रमा आइपुग्ने जोखिम बढेको छ।

आगो अनुमान गरिएभन्दा छिटो मानवबस्ती नजिक आइपुग्न थालेको बताइएको छ।

मेलबर्न शहरदेखि १६ किलोमिटर उत्तरतिर पर्ने बन्डूरामा पनि आगोले जनधनलाई जोखिम पुर्‍याइरहेका विवरण प्राप्त भएका छन्।

न्यू साउथ वेल्स राज्यमा आगो निभाउने काममा लागेका एक स्वयंसेवकको ज्यान गएको छ। तीव्र बेगको हुन्डरीमा ती व्यक्ति सवार ट्रक पल्टिँदा उनको ज्यान गएको र अन्य दुई घाइते भएको बताइएको छ।

दक्षिण अस्ट्रेलियाको एडेलेइड र तास्मानिया टापुमा पनि आगो निभाउने प्रयास जारी छन्।

अधिकारीहरूका अनुसार सेप्टेम्बर महिनायता आगलागीसँग जोडिएका घटनामा परी दश जनाको ज्यान गइसकेको छ।

मौसमविद्हरूको भनाइमा हिन्द महासागरमा उत्पन्न भएको डिपोल भनिने मौसमी अवस्थाका कारण अस्ट्रेलिया महादेशमा यो वर्ष अति नै बढी गर्मी भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?