सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
२१ पटक हेरिएको
Shares
सुशान्तको पुराना पिएले खुलाए अनुसार रियाको यस्तो थियो व्यवहार

सारांश

  • एजेन्सी, २५ साउन ।
  • बलिउड कलाकार सुशान्त सिंहको पिताले रिया चक्रवर्तीको विरुद्धमा एफआईआर मुद्दा दिएपछि उनीसँग जोडिएका केहि विषयहरु आइरहेका छन् ।
  • सुशान्तका नजिकका साथीहरुले उनको जीवनमा रिया आएपछि सुशान्तमा धेरै परिर्वतन आएको बताएका छन् ।

एजेन्सी, २५ साउन । बलिउड कलाकार सुशान्त सिंहको पिताले रिया चक्रवर्तीको विरुद्धमा एफआईआर मुद्दा दिएपछि उनीसँग जोडिएका केहि विषयहरु आइरहेका छन् । सुशान्तका नजिकका साथीहरुले उनको जीवनमा रिया आएपछि सुशान्तमा धेरै परिर्वतन आएको बताएका छन् । साथमा रियाले सुशान्तलाई नियन्त्रणमा राखेको कुरा पनि आएको छ ।

यसैक्रममा सुशान्तको पुर्व असिस्टेन्ट अंकित आचार्यले पनि रिया माथि नै आरोप लगाएका छन् । अंकितले भनेका छन्, रियासँग नजिक भएपछि सुशान्त धेरै दुखि र सुस्त भई गुज्रिएका थिए । उनले एकपटक रियासँग भेटे तब उनको मुस्कान हराएको थियो , उसको आँखामा कालो घेरा लागेको थियो । उसको ओठ पनि कालो भएको थियो । उनले भनेका छन्, अन्तिम पटक भेट्दा सुशान्तले राम्रोसँग कुरा गरेका थिएनन् ।

सुशान्तका अर्का पुर्व असिस्टेन्ट सब्बीर अहमदले रियाले सुशान्तलाई भेट्ने अनुमति बन्द गरेको र पुराना स्टाफलाई निकालको बताएका छन् । रियाले सुशान्तलाई नियन्त्रणमा राख्नुको साथै पुराना कर्मचारीलाई निकालीदिएको कुरा धेरै मानिसहरुले बताएदै आएका छन् । सुशान्तका पिताले पनि रियामाथि गम्भीर आरोप लगाउदै आत्महत्या गर्न उक्साएकोमा र करोडौ पैसा हेरफेर गरेको भनि मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?