अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
६५ पटक हेरिएको
Shares
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ

सारांश

  • गलकोट, १३ चैत  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
  • धवलागिरि अञ्चल अस्पताल बागलुङको आज अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताउनुभयो ।
  • उहाँले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भन्दै सबैलाई मिलाएर लैजान सकेमा मात्र निश्चित उद्देश्य प्राप्त हुने बताउनुभयो ।

गलकोट, १३ चैत  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

धवलागिरि अञ्चल अस्पताल बागलुङको आज अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताउनुभयो । उहाँले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भन्दै सबैलाई मिलाएर लैजान सकेमा मात्र निश्चित उद्देश्य प्राप्त हुने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले अस्पतालका सबै विभागको अवलोकनपछि अरुले भनेर सहयोग गर्नुभन्दा आफूले देखेर अनुभवका आधारमा सहयोग गर्दा सहयोगको सही सदुपयोग हुने भएकाले अस्पतालको अनुगमन गर्न आएको बताउनुभएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा भौतिक सुधारका लागि सहयोग गर्न मुख्यमन्त्री गुरुङलाई आग्रह गर्नुभएको थियो ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
राष्ट्रियस्तरका नेताका रोचक चुनावी प्रतिस्पर्धा यस्तो छ !
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
केपी ओली जी र माधव नेपालले म विरुद्ध षडयन्त्र गरे,वरियता स्वीकार्य छैन : झलनाथ खनाल
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
मधेस केन्द्रित दल निर्वाचनमा आउँछन्: महत
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
बसाइँ सर्नेलाई पाँच लाख अनुदान
बसाइँ सर्नेलाई पाँच लाख अनुदान
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन