प्रधानमन्त्री आज भारत जाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
६४ पटक हेरिएको
Shares
प्रधानमन्त्री आज भारत जाँदै

सारांश

  • प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली जाँदैछन्।
  • भारतका नवनिर्वा्चित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् ।
  • प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली जाँदैछन्। भारतका नवनिर्वा्चित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनेछन्। भारतका नवनिर्वा्चित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार नै शपथ ग्रहण गर्दैछ ।

मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए। यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याएका छन्। प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।

भारतले पछिल्लो समय सार्कलाई भन्दा बिम्स्टेकलाई महत्त्व दिन थालेको विश्लेषण कूटनीतिक वृत्तमा गर्न थालिएको छ। मोदीको शपथ ग्रहण समारोहमा बिम्स्टेक सदस्य मुलुकलाई मात्र बोलाइएकाले यसको पुष्टि हुने अधिकारीहरू बताउँछन्।भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ। उनले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्नेछन् ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतका दुईपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ। प्रधानमन्त्री ओली सार्क अध्यक्षसमेत रहेकाले सार्कको विषयलाई उठाउने उनी निकट अधिकारीले बताए। त्यस्तै उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्ने विषयमा भएको अलमलको कुरा पनि उठाउनेछन्। प्रधानमन्त्रीसँग छलफलमा राजदूत निलाम्बर आचार्य र सल्लाहकार डा. राजन भट्टराई पनि सहभागी हुनेछन्। आचार्य र भट्टराई ईपीजीका सदस्य हुन्। हैदरबाद हाउसमा हुने भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्ध, क्षेत्रीय चासोलगायत विषयमा छलफल हुनेछ।

प्रधानमन्त्रीका साथ पत्नी राधिका, परराष्ट्र सचिव, सल्लाहकार, शिष्टाचार महापाल र केही सहयोगी भारत भ्रमणमा जानेछन्। प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनेछन्।

मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनेछन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मुलुकबाहिर भएका कारण राष्ट्रपति हामिदले सहभागिता जनाउन लागेका हुन्। बिम्स्टेक सदस्य मुलुकबाहेक मोरिससका प्रधानमन्त्री प्रवीण जुगनौत र किर्गिजस्तानका राष्ट्रपति सुरोनबे जिनबेकोव पनि शपथमा सहभागी हुँदैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
सानो उमेरमा ठुलो सफल्ता…
सानो उमेरमा ठुलो सफल्ता…
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”
नेविसंघको नयाँ नारा, “माफियाविरुद्ध नबोलौं अरिङ्गालले टोक्ला”
तीस वर्षे  सेवाअवधी हटे सवेन्द्र खनाल र रमेश खरेलको डीआईजीमै अवकाश !
तीस वर्षे सेवाअवधी हटे सवेन्द्र खनाल र रमेश खरेलको डीआईजीमै अवकाश !
एमाले लुम्बिनीमा कँडेलको नेतृत्व
एमाले लुम्बिनीमा कँडेलको नेतृत्व
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि
नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा