टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३० पटक हेरिएको
Shares
टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु

सारांश

  • इस्तानबुल ।
  • टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् ।
  • टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

इस्तानबुल । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् ।

टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्र्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय ७५ घण्टापछि एक जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरिया सोमबारदेखि राष्ट्रिय शोकको घोषणा गर्दै ती स्यम्सेवी संस्थाहरूले देशको राष्ट्रिय झण्डा आधा झुकाएका छन् ।

दुवै देशका भूकम्पपीडित आंशिकरूपमा क्षतिग्रस्त भएका आफ्ना घरमा फर्कन डाराइरहेका छन् । प्रतिकूल परिस्थितिका कारण आफ्ना भत्केका भवनको पुनर्निर्माणमा लाग्न पनि उनीहरूलाई कठिनाइ भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
टाइ टेईको असर ५ दिनसम्म जारी रहने
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो
रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो

तपाईंले छुटाउनुभयो कि?