अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ: मुख्यमन्त्री राई

सारांश

  • प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ ।
  • नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो ।
  • ‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढङ्गले विकास हुन्छ’’ उहाँले भन्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो ।‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढङ्गले विकास हुन्छ’’ उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले सदरमुकाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले शोषित पीडित जनताको हितका लागि देश सङ्घीयतामा गएको बताउँदै यसको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो,‘‘देशमा सङ्घीयता कार्यान्वयन भएसँगै जनताले खुशीको अनुभव गर्न पाएका छन्, तर यो सङ्घीयताका कुनै दल वा समूहको महत्वकांक्षा पूरा गर्नको लागि ल्याइएको हैन, यसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।’’

उहाँले स्थानीय तहमा आएको बजेटको सही ढङ्गले खर्च गराउन सबैले खबरदारी गर्नुपर्ने बताउनुभयो । आफ्नो ठाउँमा भएको काममा एक कन्चो पनि बजेट तलमाथि हुन नदिन जनताले कडा निग्रानी गर्न

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?