अाज साउन २१ गते: कहाँ के-के घटना घटे?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
अाज साउन २१ गते: कहाँ के-के घटना घटे?

सारांश

  • प्रहरीसँगको मुडभेडमा २ जना अपहरणकारीको मृत्यु   वालक अपहरण पश्चात हत्या भएको घटनाको अनुसन्धानको क्रममा आपराधिक व्यक्तिहरुसँग सोमबार भएको मुडभेडमा प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेहरुमा नुवाकोट सामरी ठेगाना भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली(१ ठेगाना भएका २३ वर्षीय अजय तामाङ रहेका छन् ।
  • सिन्धुपाल्चोक ज्यमिरे–९ स्थायी घर भई काठमाडौं महानगरपालिका३२ काँडाघारी बस्ने गणेशबहादुर खड्काको ११ वर्षीय छोरा निशान खड्कालाई आइतबार काँडाघारीबाट अपहरण गरी ४० लाख फिरौती रकम माग गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले निशानलाई सोमबार दिउँसो भक्तपुर ठिमी नगरपालिका७ स्थित श्याम लवटको निर्माणाधीन घरमा मृत अवस्थामा फेला पारेको थियो ।

प्रहरीसँगको मुडभेडमा २ जना अपहरणकारीको मृत्यु  
वालक अपहरण पश्चात हत्या भएको घटनाको अनुसन्धानको क्रममा आपराधिक व्यक्तिहरुसँग सोमबार भएको मुडभेडमा प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नुवाकोट सामरी ठेगाना भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थली(१ ठेगाना भएका २३ वर्षीय अजय तामाङ रहेका छन् ।

सिन्धुपाल्चोक ज्यमिरे–९ स्थायी घर भई काठमाडौं महानगरपालिका३२ काँडाघारी बस्ने गणेशबहादुर खड्काको ११ वर्षीय छोरा निशान खड्कालाई आइतबार काँडाघारीबाट अपहरण गरी ४० लाख फिरौती रकम माग गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले निशानलाई सोमबार दिउँसो भक्तपुर ठिमी नगरपालिका७ स्थित श्याम लवटको निर्माणाधीन घरमा मृत अवस्थामा फेला पारेको थियो ।

अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न आपराधिक व्यक्तिहरु खोजी गर्ने क्रममा भक्तपुर सूर्यविनायक नगरपालिका(८ पाईलट बाबाको आश्रम जाने जंगलमा उनीहरुले प्रहरी टोलीलाई लक्षित गरी गोली प्रहार गर्न लागेपछि भएको मुडभेडमा प्रहरीले आत्मरक्षाको लागि जवाफी फयार गर्दा निजहरुको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र २ राउण्ड गोली बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

 अवैध रुपमा लिई हिँडेको भारतीय रुपैयाँ सहित पक्राउ
काठमाडौं महानगरपालिका १७ बस्ने ५३ वर्षीय राजेन्द्र श्रेष्ठ र कास्की मादी गाउँपालिका(७ घर भएका ४३ वर्षीय सुरज मल्ललाई अबैध रुपमा लिई हिँडेको भारतीय रुपैयाँ १२ लाख ७० हजार सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी बृत दरबारमार्गबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका१ दरबारमार्ग सेतोढोकाबाट उनीहरुलाई उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 सवारी दुर्घटनामा मृत्यु
रुपन्देही,
सैनामैना नगरपालिका५ बुद्धनगरस्थित सडकमा ना८ ख १२१४ नम्बरको टिप्परले सोमबार लु२४ प ३९९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही देबदह(२ बस्ने ६० वर्षीय बीरबहादुर गुरुङको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ५५ वर्षीया होलीमाया गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ढुङ्गाले लागेर मृत्यु 
डोल्पा,
मुड्केचुला गाउँपालिका ७ बस्ने १६ वर्षीय प्रेम बुढाको ढुङ्गाले लागेर सोमबार मृत्यु भएको छ ।
एसईईको पुरक परीक्षा दिन सदरमुकाम जाने क्रममा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका६ स्थित बगलेमा पुग्दा बर्षाको कारण माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा गम्भीर घाइते भएपछि उपचारार्थ स्थानीय मेडिकल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उपचारको क्रममा मृत्यु  
नवलपरासी(वर्दघाट सुस्ता पश्चिम)
सुस्ता गाउँपालिका १ रुपौलिया बस्ने ७० वर्षीय मंगल गुप्तालाई सोही स्थानमा रहेको गण्डक नहरको पानीले बगाउँदा सोमबार मृत्यु भएको छ । बगेको अवस्थामा प्रहरी टोलीले देखी तत्काल उद्धार गरी उपाचारर्थ सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति 
रुपन्देही,
बुटवल उपमहानगरपालिका११ अग्निपथ डेरा गरी बस्ने स्याङजा गल्याङ नगरपालिका११ का श्रीधर अधिकारीको कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई सोमबार आगलागी हुँदा लत्ताकपडा, फर्निचर तथा भाँडावर्तन समेत गरी करीब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 अवैधरुपमा बेचबिखन गर्न लागेको रुबी सहित पक्राउ  
काठमाडौं,
ललितपुर महानगरपालिका४ का ४८ बर्षीय दिपक सिजापतीलाई करीब २ केजी रातो रुबीसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका२७ लैनचौरस्थित सडकमा अवैधरुपमा रातो रुबी बेचबिखन गरिरहेको अवस्थामा दिपकलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ 
धनुषा,
जनकपुर उपमहानगरपालिका१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोहि ठाउँ बस्ने ५० बर्षीय अरुणकुमार यादव र उनका ३० बर्षीय छोरा अतिसुन्दर यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अरुणकुमार र अतिसुन्दरले रामबृक्ष र उनको छोरा २८ बर्षीय राम सोगारथ यादवलाई ट्युबेल पानीको बिषयलाई लिएर झगडा हुँदा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामबृक्षको उपचारको क्रममा अंचल अस्पताल जनकपुरमा मृत्यु भएको हो । राम सोगारथको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 मृत अवस्थामा फेला 

मोरङ :बेलबारी नगरपालिका ८ धमपालमा बस्दै आएका भोजपुरका ४० बर्षीय कृष्ण पुरी बेलबारी नगरपालिका ४ महेन्द्र चोकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे : धुलिखेल नगरपालिका १० फस्कोट बस्ने ७९ बर्षीया हरीमाया तामाङ सोही ठाउँस्थित सुर्ती खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
जुम्ला: चन्दननाथ नगरपालिका२ बस्ने ४३ बर्षीय राधाकृष्ण बुढा थापा सोही ठाउँस्थित जुगाडा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु 
काठमाडौं,
काठमाडौं महानगरपालिका ३ महाजराजगंस्थित सडक किनारामा रोकी राखेको बा४ ख ९८५४ नम्बरको ट्रिपरको पछाडि बा१९ च ६५१५ नम्बरको भ्यान ठक्कर खाई दुर्घटना हुँदा बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने खोटाङ बोपुङ गाउँपालिका ७ का ३३ बर्षीय रामबहादुर थापा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोकका जुगल गाउँपालिकाका ३० बर्षीय पशुपति सिलवाल गम्भीर घाइते भएकाले शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा दुबै जनाको आइतबार मृत्यु भएको छ । भ्यान चालक सिन्धुपाल्चोकका २२ बर्षीय सुरेश पराजुली घाइते भएकाले उपचारको लागि सोही अस्पताल पठाइएको छ । दुवै सवारी साधन र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी : महोत्तरी बर्दिबास नगरपालिका  १ स्थित पूर्वपश्चिम राजमार्गमा ग१ ख ४०१८ नम्बरको बसले ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने बा९ प ४९७५ नम्बरको मोटरसाईकल चालक २७ बर्षीय गणेश बिकको शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी : कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्वपश्चिम राजमार्गमा हाल नम्बर नखुलेको जिपले हाल नाम, थर, वतन नखुलेका करीब ३० बर्षीय पुरुषलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । ठक्कर दिने जिप र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेहोस भई मृत्यु
रुपन्देही,
कञ्चनपुर भिमदत्त नगरपालिका १८ का ५७ बर्षीय प्रदिपकुमार भण्डारी आइतबार बेहोस भएर मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका १ बेलहीयास्थित बीरेन्द्र क्षेत्रीको न्यू कटेज रेष्टुरेन्ट एण्ड लजमा खाना खाई सुतेका उनी बेहोश अवस्थामा फेला परेपछि उनका साथी भारत दिल्ली बस्ने वृजलाल गुप्ताले भिम अस्पताल भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइको छ ।
वृजलाललाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानको गरिरहेको छ ।

धनमाल चोरी 
काठमाडौं : काठमाडौं महानगरपालिका ७ चावहिल वुलवुले डेरा गरी बस्ने कैलाली टिकापुर नगरपालिका १४ का ३७ बर्षीय गणेश सिंह बटालाको कोठाबाट आइतबार कोही नभएको अवस्थामा नगद ६० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीब २ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

मोरङ : बिराटनगर महानगरपालिका(११ जनपथ टोलस्थित बस्ने स्नेहा श्रेष्ठको घरबाट आइतबार कोही नभएको अवस्थामा ४ तोला सुनका गहना, १ थान ल्यापटप र मोबाईल चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 खोलामा डुबेर मृत्यु 
तनहुँ,
शुक्लागण्डकी नगरपालिका(९ घारीस्थित सुरौदी खोलामा माछा मार्ने क्रममा आइतबार डुबेर बेपत्ता भएका सोही ठाउँ बस्ने ४० बर्षीय डम्बरबहादुर रानालाई उद्धार गरी उपचारको लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा पठाएकोमा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 पहिरोले पुरिएर धनमाल क्षति
काभ्रे : बर्षाको कारण रोशी गाँउपालिका १ जुंगेपानी बस्ने कान्छामान स्याङतानको कच्ची घरमा आइतबार पहिरो खसी घरको पछाडितर्फको भाग भत्किँदा करीब २ लाख बराबरको धनमाल क्षति भएको छ ।

बर्दिया:बाँसगढी नगरपालिका ७ डेउडाकला बस्ने ४१ बर्षीया पेमा डुम्रेको घरको भित्ता बर्षाको कारण आइतबार भत्कँदा करीब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति 
काभ्रे, पनौती नगरपालिका ९ नौबिसे फाँट बस्ने दुर्गाप्रसाद हुमागाईको घरमा सोमबार अचानक करेन्ट सर्ट भई आगलागी हुँदा घर र अन्दाजी ५ तोला सुनका गरगहना जलेर करीब १० लाख रुपैयाँ बराबको धनमाल क्षति भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?