अायल निगमका खड्का ,किन निलम्बित भएनन् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
अायल निगमका खड्का ,किन निलम्बित भएनन्  ?

सारांश

  • २५ साउन, काठमाडौं ।
  • नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ ।
  • जग्गादातादेखि संसदीय समितिको एउटै निष्कर्ष छ – जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो ।

२५ साउन, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद घोटाला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ । जग्गादातादेखि संसदीय समितिको एउटै निष्कर्ष छ – जग्गा खरिदमा करोडौं अनियमितता भएकै हो ।

सार्वजनिक लेखा समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्यो । भ्रष्टाचार अभियोग लाग्नासाथ प्रमाण नष्ट गर्न सक्ने भन्दै सम्बन्धित अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने परम्परा छ ।तर, निगमका कार्यकारी निर्देशक खड्का नियमित कार्यालय आएर काम गरिरहेका छन् । सरकारी अधिकारी र सांसद् भन्छन्, ‘करोडौं घोटालाको आरोप लागेका खड्का राजनीतिक नेतृत्वको संरक्षणकै कारण अझै निलम्बनमा परेका छैनन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?