कर्णाली प्रदेशसभाको प्रथम अधिवेशन पुस १८ गतेका लागि आह्वान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
३६ पटक हेरिएको
Shares
कर्णाली प्रदेशसभाको प्रथम अधिवेशन पुस १८ गतेका लागि आह्वान

सारांश

  • काठमाडौं ।
  • कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ ।
  •  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गर्नुभएको हो ।

काठमाडौं । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गर्नुभएको हो ।

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नुहुनेछ ।सभामुख र उपसभामुख निर्वाचित भएर नआउन्जेलसम्म ज्येष्ठ शाह सभामुखको भूमिकामा रहने जनाइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance code

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    Comment Author

    gratis binance-konto

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?