चिया र पाउरोटीसहित बिल पेश गरेर तनाव दिए पूर्वमन्त्री पासवानले मागे ७३ लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
चिया र पाउरोटीसहित बिल पेश गरेर तनाव दिए पूर्वमन्त्री पासवानले मागे ७३ लाख

सारांश

  • पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ ।
  •  स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो ।
  •  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

केही समयअघि नयाँ पत्रिका दैनिकले ‘पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख, औषधोपचार मात्र होइन, कालोबजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग’ शीर्षकमा समाचार प्रकाशित गरेपछि स्वास्थ्य मन्त्रालयले औषधोपचारको बिल मात्रै समावेश गरेर अर्थमा पठाएको थियो ।

‘पासवानले हामीलाई तनाव दिएका थिए । हामीले अन्तिममा उनले उपलब्ध गराएको अस्पताल र औषधिको बिलका आधारमा मात्रै पैसा निकासा गर्न अर्थमा पठायौँ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

ती अधिकारीका अनुसार पासवानले ७३ लाखकै बिल बनाउन अन्तिमसम्म दबाब दिइरहेका थिए ।

२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सो निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा उपचार गर्दा ७३ लाख खर्च भएको जनाउँदै तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा निवेदनसहित बिल पेस गरेका थिए ।

पासवानले औषधोपचार खर्चबाहेक भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन पनि सरकारसँग माग गरेपछि स्वास्थ्य मन्त्रालयले अर्थमा पत्र नपठाई ढिलाइ गरेको थियो ।

अन्तिममा लागेको खर्चबाहेकको २९ लाख ९० हजार ४ सय ४८ रुपैयाँ कटाएर निकासा भएको छ ।

यस्ता थिए बिलका शीर्षक
भारतीय रुपैयाँ सटही १५ लाख २ हजार ९ सय ९४ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो ।

होटेलमा बसेको, पाउरोटी र चिया खाएको खर्च १८ लाख ७३ हजार ६ सय ।

यातायात खर्च ८ लाख ९१ हजार ५७

काठमाडौंको शिक्षण अस्पतालमा उपचार ७ लाख १६ हजार

भारतको मेदान्त अस्पतालमा उपचार २३ लाख ४८ हजार ४ सय २८

Share:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?