आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

सारांश

  • यही कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
  • स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो ।
  • आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा इन्द्रमान महर्जनको नेतृत्वको छजनाको टोलीले शल्यक्रियामा सहयोग पु¥याएको आँखा उपचार केन्द्र जुम्लाका केन्द्र प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभयो ।

यही कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो ।

आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा इन्द्रमान महर्जनको नेतृत्वको छजनाको टोलीले शल्यक्रियामा सहयोग पु¥याएको आँखा उपचार केन्द्र जुम्लाका केन्द्र प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर सञ्चालनका क्रममा ७९७ जनाले आँखाको उपचार सेवा लिएका छन् । शिविरबाट संसार देखाउने आँखाको उपचार सजिलै जुम्लामै लिन पाउँदा आफू निकै खुशी भएको तिला गाउँपालिका–७ का प्याउरी रोकायाले बताउनुभयो ।

यता पातारासी गाउँपालिका–७ का अमरसिंह सुनारले हामी ज्येष्ठ नागरिकका लागि यो शिविर भगवान् नै सावित भएको जनाउनुभयो । तिलागुफा नगरपालिका–१ फोइमहादेवगाउँ कालीकोटका सिंहबहादुर महताराले शिविर आफ्ना निम्ति वरदान भएको प्रतिक्रिया दिनुभयो ।

हिमालय आँखा अस्पताल पोखराका मेडिकल निर्देशक डा महर्जनले दुर्गम कर्णालीका नागरिकलाई आँखा उपचारमा सेवा पु¥याउने ध्येयले वर्षैपिच्छे एकपटक भएपनि शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

नेत्र ज्योति संघ, जुम्लाका सभापति धनबहादुर बस्नेतले शिविरबाट ज्येष्ठ नागरिक बढी लाभान्वित भएको जनाउनुभयो । त्यसका साथै आँखाका ३३० रोगीलाई चस्मा वितरण गरेको उहाँले बताउनुभयो ।

शिविरमा शल्यक्रिया गरेका ६० जनालाई लायन्स क्लब, पोखराले लत्ताकपडा र २१ बिरामीलाई साईराम समूह जुम्लाले कम्बल वितरण गरेको आइवर्कर सुपरभाइजर दलबहादुर महताराले जनाउनुभयो । शिविरबाट मुगु, कालीकोट, डोल्पा र जाजरकोटका नागरिकले सेवा लिएको आँखा उपचार केन्द्र जुम्लाले जनाएको छ ।

नेत्र ज्योति संघ, पोखराका सदस्यहरु प्राध्यापक डा द्वय दिलबहादुर क्षेत्री र ज्ञानबहादुर कार्की तथा संघका सदस्य गणेश ढकाल, मुगाली बौद्धमार्गी समाजले शिविरमा सहयोग गरेका थिए भने स्व मोहनसिंह कठायतको सम्झनामा उहाँका आमा सत्यदेवी कठायत, सन्ध्या फाउण्डेसन र प्रदेश क्षेत्र नं (क) का उम्मेदवार राजुसिंह कठायत र व्यापारी मीनबहादुर कठायतले बिरामीको खानामा सहयोग गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?