यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
यस्ता विश्वविख्यात खेलाडी जसले दुईओटा राष्ट्रबाट विश्वकप खेले

सारांश

  • एजेन्सी ।
  • क्रिकेटको महाकुम्भ विश्वकप क्रिकेट बिहीबारबाट शुरु भएको छ।
  • बिहीबार लंडनमा भएको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ।

एजेन्सी । क्रिकेटको महाकुम्भ विश्वकप क्रिकेट बिहीबारबाट शुरु भएको छ। बिहीबार लंडनमा भएको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ। इयोन मोर्गनको कप्तानीमा विश्वकप खेलेको इंग्ल्याण्डका ४ खेलाडीले पहिलो खेलमा अर्धसतक प्रहार गरेका थिए। जसमा कप्तान स्वयम पनि रहेका छ। मोर्गन यो पटक आफ्नो चौथो विश्वकप खेल्दैछन्। उनले विश्वकपको पहिलो खेल आयरल्याण्डबाट खेलेका थिए। उनले अहिले सम्म २ ओटा देशबाट विश्वकप खेलेका छन्। उनी सँगै अन्य केही खेलाडीहरु छन्, जो दुईओटा देशबाट विशवकप क्रिकेट खेलेका छन्।

इयोन मोर्गन (आयरल्याण्ड र इंग्ल्याण्ड)

मोर्गनको जन्म आयरल्याण्डको डबलिनमा भएको थियो। उनले २००३ मा १६ वर्षको उमेरमा आयरल्याण्डको राष्ट्रिय टालीमा डेब्यू गरेका थिए। त्यसको चार वर्षपछि २००७को विश्वकप खेल्न वेस्ट इण्डिज गए। उनी आयरल्याण्ड टिमको सबैभन्दा कान्छा खेलाडी थिए। उनको राम्रो प्रदर्शनको कारण आयरल्याण्डले २००९मा २०११ को विश्वकपको लागि छनोट गरेको थियो। तर उनले त्यसै वर्षदेखि आयरल्याण्ड छामडेर इंग्ल्याण्डका लागि खेल्न शुरु गरे। २०११ को विश्वकपमा इंग्लिस टिमको लागि उनले ३ खेलमा २ अर्धसतक लगाएका थिए। उनी २०१५को विश्वकपमा पनि खेलेका थिए।

केप्लर वेल्सेस (अस्ट्रेलिया र दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका पूर्व कप्तान केप्लर वेल्सेस दुईओटा देशबाट विश्वकप खेल्ने पहिलो खेलाडी हुन्। वेल्सेसले आफ्नो करियरको शुरुवात अस्ट्रलियाबाट गरेका थिए। उनले सन् १९८२मा अस्ट्रेलियको राष्ट्रिय टिममा डेब्यु गरेका थिए र १९८३को विश्वकपमा छनोट भएका थिए। वेल्सेस त्यसको ९ वर्षपछि विश्वकपमा छटनोट भए तर दोस्रो देशको कप्तान भएर। उनले १९९२ को विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए।

एड जोस (इंग्ल्याण्ड र आयरल्याण्ड)

इंग्ल्याण्डको क्रिकेट ईतिहासमा धेरै यस्ता खेलाडी रहेका छन् जो अर्को देशबाट आएर क्रिकेट खेले। तर एड जोस एकमात्र यस्ता खेलाडी हुन् जो इंग्ल्याण्डबाट खेलेर पछि आफ्नो राष्ट्रिय टिममा फर्किए। जोसले सन् २००७ को विश्वकप इंग्ल्याण्डबाट खेलेका थिए भने २०११ र २०१५ को विश्वकप आयरल्याण्डबाट खेलेका थिए। आईसीसीको स्पेशल अनुमति लिएर उनि आयरल्याण्ड टिममा शामेल भएका थिए।

एन्डरसन कमिन्स (वेस्ट इण्डिज र क्यानडा)

एन्डरसन कमिन्सको जन्म वेस्ट इण्डिजको बारबाडोसमा भएको थियो। उनले सन् १९९१ मा अलराउण्डको भूमिकामा वेस्ट इण्डिज टिममा डेब्यु गरेका थिए र सन् १९९२को विश्वकप खेलेका थिए। तर त्यसको १५ वर्षपछि उनि आश्चर्यजनक तरिकाले क्यानडाको टिममा सामेल भएका थिए। २००७को विश्वकप खेल्दा उनी ४० वर्षका थिए ।

(https://basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?