छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ११, २०७६
|
|
४० पटक हेरिएको
Shares
छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई

सारांश

  • बहुविवाहको उजुरी परेपछि चर्चित निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी तिव्रता गरेको छ ।
  • नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले आफूहरु ओझा र पोखरेलको खोजीमा जुटिसकेको बताए ।
  • शुक्रबार प्राईम टाईम्स टेलिभिजबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डिआईजी पोखरेलले यस्तो बताएका हुन् ।

बहुविवाहको उजुरी परेपछि चर्चित निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी तिव्रता गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले आफूहरु ओझा र पोखरेलको खोजीमा जुटिसकेको बताए । शुक्रबार प्राईम टाईम्स टेलिभिजबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डिआईजी पोखरेलले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘हामी अनुशन्धानको नजिक पुगेका छौं । एक–दुई दिनभित्रै छवि र शिल्पालाई पक्राउ गर्छौं । कारबाही कसरी अघि बढाउने भन्ने कुरा पक्राउ गरेपछि मात्रै थाहा हुन्छ । छविराजजीको जेठी श्रीमती हेमाको उजुरीमा पनि अनुशन्धान गर्छौं । बहुविवाह गर्नेलाई छोड्दैनौं ।’

अमेरिका विरुद्ध प्रचण्ड मात्रै कि नेकपा नै ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी प्रतिबन्धविरुद्ध क्युवाली जनताको संघर्षमा ऐक्यवद्धता व्यक्त गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित क्युवाप्रतिको ऐक्यबद्धतासम्बन्धी नवौं एसिया–प्रसान्त क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले समाजवादप्राप्तीको लक्ष्यका लागि क्युवाली कम्युनिष्ट पार्टीको योगदानको प्रशंसा गरे ।

दाहालले अमेरिकाको आर्थिक प्रतिबन्ध विरुद्ध क्युवाली जनताले देखाएको साहसको पनि प्रशंसा गरे ।

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुत क्युवाली जनताले अन्यापूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रता प्रेमी जनतालाई मार्न सकिंदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्, ’ दाहालले भने, ‘क्युवाविरुद्ध लगाइएको प्रतिबन्धले त्यहाँका जनताको धैर्य, राष्ट्रवादी सोच र संम्प्रभुताको रक्षा गर्ने बिषयलाई कमजोर बनाउन सक्दैन ।’ (नागरिक दैनिकबाट)

अब प्रदेश सांसदलाई पनि गाडी सुविधा चाहियो
गण्डकी प्रदेशका सांसदले आफूहरुलाई पनि गाडी सुविधा चाहिने बताएका छन्। सत्तारुढ नेकपा सांसद आशा कोइरालाले शुक्रबार प्रदेश सभामा बोल्दै प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई पनि सवारी सुविधा चाहिने बताइन्।

‘गाउँ र नगरपालिकाका प्रमुख र उपप्रमुखले सवारी साधनको सुविधा पाइरहेको बेला, वडाध्यक्षहरुले पनि सवारी साधनको सुविधा पाइरहेका बेला के यी जनप्रतिनिधिहरु सुविधाकै कारण आफ्नो भूमिका निर्वाह गर्न बञ्चित हुनुपर्ने हो ?’

जनताका आवश्यकता सम्बोधन गर्न र भूमिकालाई प्रभावकारी बनाउन गाडी सुविधा चाहिने कोइरालाले बताइन्। ‘के आदर्शले मात्रै चल्छ र ?’ उनले भनिन्, ‘प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुलाई पनि सवारी साधनको सुविधा आवश्यक पर्ने मैले देखेकी छु।’

प्रदेश सांसदलाई कानुन निर्माताका रुपमा मात्रै नहेरी विकासका कामको अपेक्षा पनि जनताले गरेको कोइरालाले बताइन्। ‘जनताका समस्या जहाँ जति बेला जे पर्छ त्यो बुझ, विकास निर्माणका कामहरु तिमीले गर, योजना बनाऊ, अनुगमन गर,’ उनले भनिन्, ‘त्यो खालको अपेक्षा जनताको छ। त्यही भनेर भोट मागेर निर्वा्चित भएर संसदमा सबैजना आउनुभएको छ। जनताको आवश्यकता र चाहना सम्बोधन गर्न र भूमिकालाई प्रभावकारी बनाउन के आदर्शलेमात्रै चल्छ र ?

नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठले सबैलाई सुविधा बढाउँदै जाने हो भने प्रदेश सांसदलाई पनि गाडी चाहिने उल्लेख गरे।

गण्डकी प्रदेश सरकारले गाउँ र नगर कार्यपालिकाका सदस्यहरुको सुविधा हालै वृद्धि गरेको छ। उपप्रमुख र उपाध्यक्षलाई पनि गाडी सुविधाको निर्णय प्रदेश सरकारले गरेको छ। जनप्रतिनिधिहरुको सुविधा वृद्धि हुँदा संघीयतामाथि नै घृणा पैदा हुने नयाँ शक्तिका सांसद हरिशरण आचार्यले बताए। सांसद ईन्द्रलाल सापकोटाले भने सुविधा वृद्धि गर्दा विचार गर्नुपर्ने विचार व्यक्त गरे।

पारिश्रमिक तथा सुविधा सम्बन्धी केही प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक सभाले शुक्रबार विधायन समितिमा पठाएको छ। आन्तरिम मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विभाग बनाएर जिम्मेवारी दिँदै जानुपर्ने भएकाले नगर तथा गाउँकार्यपालिका सदस्यको सुविधा वृद्धि गर्नुपरेको जानकारी प्रदेश सभामा दिए।

प्रदेश सभाले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक शुक्रबार पारित गरेको छ। संघ सरकारले प्रदेश लोकसेवा आयोग गठनको मापदण्ड र आधार तोकिदिएको थियो। त्यसकै आधारमा प्रदेशले विधेयक तयार गरी प्रदेश सभाबाट पारित गरेको हो। अब प्रदेशले आफ्नै कर्मचारी भर्ना गर्न सक्नेछ।

मुख्यमन्त्री, प्रदेश सभामुख र प्रदेश सभामा प्रमुख प्रतिपक्ष दलका नेता रहने ३ सदस्यीय समितिले आयोग पदाधिकारी सिफारिस गर्नेछ। आयोगबाट भर्ना गरिने कर्मचारीमध्ये ४५ प्रतिशत समावेशीबाट र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनेछन्।

अत्याधुनिक ध्यान केन्द्र निर्माणकार्य तिव्रता
धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाई र परिकल्पनामा बुद्ध जन्मस्थल लुम्बिनीमा बनाइन लागिएको अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्य तिव्रताका साथ अघि बढिरहेको छ । महाशिद्ध स्याक्चुरी फर युनिभर्सल पिस नामक उक्त ध्यान केन्द्र परियोजनाको कार्यालयको शुक्रबार काठमाडौँको महांकालमा औपचारिक उद्घाटन गरियो ।

कार्यक्रममा आर्किटेक्ट जोनी क्याम्बर र स्ट्रक्चरल इन्जिनियर वोङ सेयाङले ध्यान केन्द्रको भिडियो प्रेजेन्टेसन गरेका थिए । धर्मगुरु श्याल्पा तेञ्जिङ रिम्पोछेले ध्यान केन्द्रको अवधारणा सन् २०१३ देखि सुरु भएको बताए ।

नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्ल्यू.वेरी पनि सहभागि थिए । उनले ध्यान केन्द्र सबै धर्मावलम्वीका लागि साधना गर्ने स्थान बन्न सकोस् भन्ने शुभकामना दिए ।

करिब ६० करोड रुपैयाँ लगानीमा बुद्ध जन्मस्थल लुम्बिनीमा अत्याधुनिक सुविधा सम्पन्न ध्यानकेन्द्र निर्माण गरिने भएको छ । ४ वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको महासिद्ध ’स्याक्चुरी फर युनिभर्सल पिस’ नामक उक्त ध्यानकेन्द्र धर्मगुरु स्याल्पा तेञ्जिङ रिम्पोछेको अगुवाईमा बनाइन लागिएको हो ।

ध्यानकेन्द्रमा भिक्षुहरुलाई ध्यान गर्नका लागि आवास, पूजास्थल सहितको हुनेछ । स्तुप आकारमा बनाइन लागिएको ध्यानकेन्द्र कोरियन गुम्बाको पछाडि निर्माण गरिनेछ । ध्यानकेन्द्रको डिजाइन चीन, मलेशिया र हङकङका आर्किटेक्ट डिजाइनरले गरेका हुन् । इन्जिनियरिङ हिसाबले पनि ध्यानकेन्द्र अत्यन्तै सुविधायुक्त हुने स्याल्पा रिम्पोछेको भनाई छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ