आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
आइभरिकोष्टका उपराष्ट्रपति भन्छन्ः–बुद्ध त नेपालमा पो जन्मिएका रहेछन्

सारांश

  • ‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ ।
  • यहाँ आएपछि हिजो (सोमबार) पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ ।
  • बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार स्वेदश फर्केका अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले भने ।

‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि हिजो (सोमबार) पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार स्वेदश फर्केका अफ्रिकी मुलुक आइभरिकोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले भने ।

उपराष्ट्रपति डुन्कन प्लेन चार्टर गरी आइतबार काठमाडौं उत्रिएका थिए । पहिलोपटक ‘सगरमाथाको देशमा’ आउँदा उनी रोमाञ्चित भए । आइभरिकोस्टबाट करिब साढे ९ हजार किलोमिटर हवाई यात्रा गर्दै आएका उनले त्यहाँका करिब एक हजार मिटर अग्ला हिमाल र संसारकै सर्वोच्च ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको तुलना पनि गरे ।

सन् २०१७ जनवरीमा पद सम्हालेका ७६ वर्षीय डुन्कन पोषणसम्बन्धी सेवाहरूको विस्तारका लागि आयोजित विश्व सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । मंगलबार कान्तिपुरसँगको कुराकानीका क्रममा उनले आफ्नो मुलुकका चर्चित फुटबलर डिडियर ड्रोग्बा र याया टुरेको चर्चा मात्र गरेनन्, हालै ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल एक नेपालीले ६ महिनामा चढेको भन्दै प्रशंसासमेत गरे । ‘दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न अन्य विभिन्न क्षेत्र छन् । आइभरिकोस्टले नेपाललाई फुटबलमा अघि बढ्न सघाउँछ । नेपालले हामीलाई शिखर चढ्न सिकाउनुपर्छ,’ उनले भने ।

नेपालीहरूले फुटबलमार्फत आइभरिकोस्टमाथि गरेको मायाप्रति उनी खुसी भए । ‘नेपाल र आइभरिकोस्टबीच सुमधुर सम्बन्ध हुनुपर्छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा राष्ट्रपतिलाई अर्को वर्ष भ्रमणको निम्तो दिनुभएको छ,’ उनले भने, ‘कसरी दुई मुलुकबीच सम्बन्ध अघि बढाउन सकिन्छ भनेर संयुक्त राष्ट्रसंघमा रहेका दुई मुलुकका प्रतिनिधिबीच कुरा गर्न सकिन्छ ।’ दुईपटक प्रधानमन्त्रीसमेत बनिसकेका डुन्कनले नेपाल आउन पाउँदा गज्जब लागेको बताए । नेपाल संस्कृतिको धनी मुलुक रहेको र यहाँका उच्च हिमाल विकासमा सघाउने उनको भनाइ छ ।

अफ्रिकी महादेश पछाडि मात्र परिरहेको छ कि त्यहाँ विकासका परिवर्तन पनि देखिएका छन् भन्ने प्रश्नमा डुन्कनले भने, ‘तथ्यांक हेर्ने हो भने एसियापछि सबैभन्दा बढी आर्थिक वृद्धिदर गर्ने महादेश अफ्रिका हो । त्यहाँको प्रतिव्यक्ति आय (जीडीपी) मा ५ प्रतिशत वृद्धि भएको छ । आइभरिकोस्टमा सन् २०१२ देखि २०१८ सम्म लगातार ८ प्रतिशतको आर्थिक वृद्धि भइरहेको छ ।’ चिनियाँ लगानीले अफ्रिकी मुलुकहरूमा खेलिरहेको भूमिकाबारे पनि उनले प्रस्ट्याए । कान्तिपुर दैनिकबाट

(curlygirldesign.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।
जङ्गली जनावर सिकार गर्ने राखिएको बमगोला विस्फोट हुदाँ गाई घाइते ।।
इबोलाका कारण थप दशको मृत्य
इबोलाका कारण थप दशको मृत्य
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्दै सरकार : राजमो
संघीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्दै सरकार : राजमो
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
सहमतिका आधारमा प्रदेश सरकारको ब्यबस्था खारेज अनि हिन्दूराष्ट्र कायम गरौं : कमल थापा
Rose McGowan defends Anthony Bourdain’s choice to commit suicide
Rose McGowan defends Anthony Bourdain’s choice to commit suicide
केराबाट मःमः देखि सोमोसासम्म
केराबाट मःमः देखि सोमोसासम्म
गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्
गुण्डानाइके राधे पक्राउ, उनी नेका तरुण दल धादिङका उपसभापति पनि हुन्

तपाईंले छुटाउनुभयो कि?