बलात्कार रोक्न सक्रिय हुन पोखरेलको निर्देशन
सारांश
- काठमाडौं, १४ असाेज निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नहरुको हालसम्म पत्ता लाग्न नसकेको अवस्थामा कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न सम्बन्धित सबै निकाललाई निर्देशन दिएका छन्।
- कार्यवाहक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको दाबी समेत गरे।
- आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ लाई काठमाडौंमा उद्घाटन गर्दै उनले बालिकामाथि भईरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल गरिरहेको दावी गरेका हुन्।
काठमाडौं, १४ असाेज निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नहरुको हालसम्म पत्ता लाग्न नसकेको अवस्थामा कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालिकामाथि बढ्दो हत्या, बलात्कारलगायतका जघन्य अपराधिक गतिविधि नियन्त्रणका लागि अझै सक्रिय भएर लागि पर्न सम्बन्धित सबै निकाललाई निर्देशन दिएका छन्।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको दाबी समेत गरे। आइतबार काठमाडौंमा आयोजित ‘दोस्रो नेपाल बालिका सम्मेलन’ लाई काठमाडौंमा उद्घाटन गर्दै उनले बालिकामाथि भईरहेको बलात्कार, हत्यालगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकारले सक्दो पहल गरिरहेको दावी गरेका हुन्। कार्यबहाक प्रधानमन्त्री पोखरेलले समाजमा रहेका असमानता अन्त्य गरी बालिका तथा किशोरीमाथि लगानी गरेर उनीहरुमाथि भइरहेको बलात्कार, हत्यालगायतका घटना नियन्त्रण हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया