आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ३०, २०७८
|
|
३० पटक हेरिएको
Shares
आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र

सारांश

  • काठमाडौं।
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन्।
  • आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन्।

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन्। आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन्।
दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसिसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो। यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी २० अलराउन्डर वरीयताको २५औँ स्थान हासिल गरेका थिए।
घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन्। यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औँ स्थानमा छन्।
यस्तै, ट्वान्टी २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६औँ स्थानमा छन्। ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औँ र दीपेन्द्र ३८औँ स्थानमा छन् । यस्तै, ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९औँ स्थानमा छन्। यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औं स्थानमा छन्।[image: Dipendra-Singh-Airy-cricket_20220310010134.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?