विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीले गुठी विधेयकमा भएका कमी कमजोरी सच्याउन सकिने बताएका छन् ।
- युरोप भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कुनै पनि विधेयक शतप्रतिशत सही नबनेको पनि हुन सक्ने भन्दै आवश्यकताअनुसार सच्याउन सकिने बताएका हुन् ।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले गुठी विधेयकमा भएका कमी कमजोरी सच्याउन सकिने बताएका छन् । युरोप भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कुनै पनि विधेयक शतप्रतिशत सही नबनेको पनि हुन सक्ने भन्दै आवश्यकताअनुसार सच्याउन सकिने बताएका हुन् । गुठी विधेयकको विषयलाई लिएर केही पक्षले जनता भड्काउन खोजेको भन्दै ओलीले असन्तुष्टी व्यक्त पनि गरे। “विरोधको भावनाले जनता भड्काउन खोज्नु हुँदैन, अब जनता भड्किदैनन् पनि । कमजोरी भयो भने सरकारले सच्याइहाल्छ नि। जनताकै सरकार हो, जनताप्रति प्रतिवद्ध भएर काम गर्छ ।” ओलीले भने ।
“हाम्रो संस्कृति र परम्परासँग जोडिएका गुठीहरुको विषयमा कुरा बेग्लै हुन्छ, सरकारले जे आवश्यकता पर्छ त्यो गर्छ, सरकार जनताको हितमा नै काम गर्छ ।” उनले थपे ।
यो पनि पढ्नुस्
आनीको कनेक्सन फ्रि तिब्बततिर !
चर्चित गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको मेघा बैंकस्थित खातामा १५ लाख अमेरिकी डलर(१८ करोड नेरु) जम्मा भएको घटनाले अहिले नेपालको आर्थिक मात्र होइन राजनीतिक र काठमाडौंस्थित विदेशी कूटनीतिक क्षेत्रलाई समेत तताइदिएको छ । उनको खातामा यति ठूलो रकम कहाँबाट के उद्देश्यले आयो भन्ने सन्तोषजनक जवाफ आनीले दिन सकेकी छैनन् भने यो रकमको वैधानिक स्रोत पनि उनले सार्वजनिकरुपमा खुलाउन सकेकी छैनन् ।
उनको खातामा आएको १५ लाख अमेरिकी डलरको स्रोत खुल्न नसकेपछि मेघा बैंकले यो रकम आनी छोइङ डोल्मालाई भुक्तानी गर्न अस्वीकार गरेको छ र स्रोत बिनाको १५ लाख डलर आनीको खातामा जम्मा हुन आएको सम्बन्धमा नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरणलाई मेघा बैंकले जानकारी गराएको स्रोत बताउछ ।
यस सम्बन्धमा नेपाल राष्ट्र बैंकसंगै सम्पत्ति शुद्धीकरण र नेपाल प्रहरीको सीआईबीले अनुसन्धान अगाडि बढाइराखेको खबर छ । स्रोत नखुलेको यति ठूलो रकम एउटी गायिकाको खातामा आएको सम्बन्धमा अहिलेसम्म नेपाल सरकारले केही बोलेको छैन ।
रहस्यमय यो रकम हङकङस्थित एसेट म्यानेजमेन्ट कम्पनीको एकजना व्यक्तिले पठाएको बताइएको छ । तर यो रकमको तार स्वतन्त्र तिब्बत आन्दोलनसंग जोडिएको त छैन भन्ने प्रश्न पनि उठ्ने गरेको छ । आनी छोइङ डोल्माको रहस्यमय गतिविधिका बारेमा सुरक्षा निकायका साथै कूटनीतिक क्षेत्रले समेत चासो व्यक्त गर्न थालेको गृह स्रोत बताउछ ।
‘विदेशबाट रकम भित्र्याउन नेपाल सरकारसंग अनुमति लिनुपर्नेमा सरकारका कुनै पनि निकायलाई जानकारीसमेत नदिई करीब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छिन् । अनुसन्धानमा संलग्न उच्च अधिकारीले भने, ‘पछि आउन खोजेको १८ करोडभन्दा बढी रुपैयाँ भने नेपाल राष्ट्र बैंकले रोकिदिएको छ ।’ साँघुन्युजबाट
प्रतिक्रिया