आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल

सारांश

  • काठमाडौं, १० पुस ।
  • पूर्वडिआईजी तथा नेकपा(एमाले)का सांसद नवराज सिलवालले आईजीपी प्रकाश अर्यालले आफूमाथि छानबिन गर्न नपाउने बताएका छन् ।
  • हिमालयन टेलिभिजनको एक कार्यक्रममा बोल्दै सिलवालले उनी (अर्याल) मेरो विपक्षी भएकाले छानबिन गर्न नपाउने बताएका हुन् ।

काठमाडौं, १० पुस । पूर्वडिआईजी तथा नेकपा(एमाले)का सांसद नवराज सिलवालले आईजीपी प्रकाश अर्यालले आफूमाथि छानबिन गर्न नपाउने बताएका छन् । हिमालयन टेलिभिजनको एक कार्यक्रममा बोल्दै सिलवालले उनी (अर्याल) मेरो विपक्षी भएकाले छानबिन गर्न नपाउने बताएका हुन् ।

सिलवालले आफूमाथि राजनीतिक प्रतिशोधस्वरुप छानबिन गर्न खोजिएको आरोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधस्वरुप आफूलाई फसाउने प्रयास गरिरहेको उनको आरोप छ ।

‘ममाथि प्राकृतिक न्यायको सिद्धान्तविपरीत छानबिनको प्रयास भइरहेको छ,’ उनले भने, ‘छुट्टै निकायबाट यसको स्वतन्त्र ढंगबाट अनुसन्धान हुनुपर्छ ।’

‘गृहमन्त्री बन्न अयोग्य छैन’
सिलवालले गृहमन्त्री बन्नेबारे पार्टीले निर्णय गर्ने बताए । ‘गृहमन्त्री बन्न म अयोग्य छैन,’ उनले भने, ‘पार्टी अध्यक्षज्यूले भाषणमा भन्नुभएको रहेछ, पार्टीले जिम्मेवारी दियो भने सम्हाल्न सक्षम छु ।’

अन्तर्वार्तामा उनले आफूलाई आईजिपी बन्न नदिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिए । देउवाकै कारण आफू सांसद भएको भन्दै उनले धन्यवाद दिएका हुन् ।

(linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?