आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२२ पटक हेरिएको
Shares
आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ

सारांश

  • काठमाडाैं ।
  • आमालाई कर्तव्य गरी मारेको अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

काठमाडाैं । आमालाई कर्तव्य गरी मारेको अभियोगमा तनहुँमा छोराबुहारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीया सुशीला मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ८४ वर्षीय माया सर्किनीको हत्या गरेको अभियोगमा छोराबुहारीलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

आज बिहान ५ बजे माया सर्किनी मृतावस्थामा फेला परेकी थिइन् । घर नजिकैको गाई गोठमा आगो लगाई गोठ पूर्ण रुपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर आएको थियो । “घटनास्थल तथा लासजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मायालाई निजकै छोराबुहारीले कर्तव्य गरी मारेको खुल्न आएकाले पक्राउ गरी अनुसन्धान थालिएको छ”, खाँणले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?