आकाशे पुलको प्रयोग बढाउन कामपाको अभियान

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आकाशे पुलको प्रयोग बढाउन कामपाको अभियान

सारांश

  • काठमाडौँ,२५ पुस ।
  • काठमाडौँ महानगरपालिकाले नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ ।
  • गत आइतबारबाट अभियानकै रुपमा शुरु गरेको कार्यक्रमअन्तर्गत आकाशे पुलको प्रयोग प्रवद्र्धन गर्न अभियान थालेको हो ।

काठमाडौँ,२५ पुस । काठमाडौँ महानगरपालिकाले नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । गत आइतबारबाट अभियानकै रुपमा शुरु गरेको कार्यक्रमअन्तर्गत आकाशे पुलको प्रयोग प्रवद्र्धन गर्न अभियान थालेको हो ।

आकाशे पुल हुँदाहँुदै मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी गराउनुभयो । कादम्बरी मेमोरियल कलेजका विद्यार्थीको सहभागिता र ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा सञ्चालन गरिएको अभियान एक हप्तासम्म रहने छ ।

नियमित काठमाडौँ बस्ने नागरिकका लागिभन्दा पनि बाहिर जिल्लाबाट आउने आगन्तुकका लागि यस किसिमको अभियान शुरु गरिएको प्रवक्ता डङ्गोलले भन्नुभयो । व्यस्त सडक पार गर्नु जोखिमपूर्ण छ भन्ने जान्दाजान्दै सडक पार गर्ने बानीले सडक दुर्घटनाको खतरा बढेको कामपाले जनाएको छ ।

कामपाले यस किसिमको व्यवस्था शुरु गरेपनि कामपाको धेरै आवश्यक स्थानमा आकाशे पुल छैन भने भएका पुल पनि मर्मत गर्नुपर्ने अवस्थाप्रति भने कामपाले ध्यान दिएको छैन । गत साउनमा नै कामपाकोे आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण भने पनि अहिलेसम्म तयारी गरेको छैन ।

यस अभियानमा महानगरमा भएका नौवटा आकाशे पुलका हरेक मुखमा विद्यार्थी बस्नेछन् । यसअनुसार उनीहरु २२ स्थानमा रहनेछन् । यसका लागि ५० विद्यार्थी खटिने छन् । महानगरको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यो अभियान हरेक दिन मध्याह्न २ बजेदेखि साढे ४ बजेसम्म सात दिन चल्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?