बिना अनुमति प्राविधिक शिक्षा सञ्चालन
सारांश
- सुर्खेत, ६ पुस ।
- सुर्खेतमा एक प्राविधिक शिक्षालयले अनुमतिबिना शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।
- उद्यमशीलता विकास संस्था प्रालिले गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा शाखाको बेग्लै नाम दिएर सिप विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरेको पाइएको हो ।
सुर्खेत, ६ पुस । सुर्खेतमा एक प्राविधिक शिक्षालयले अनुमतिबिना शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गरेको पाइएको छ । उद्यमशीलता विकास संस्था प्रालिले गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा शाखाको बेग्लै नाम दिएर सिप विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरेको पाइएको हो ।
अनुमति र दर्ता बिनै ‘गुर्भाकोट प्राविधिक शिक्षालय’ नाममा कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त संस्थाले हाल उद्यम विकास सहजकर्ता तह–२ तालिम सञ्चालन गरिरहेको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) पश्चिम क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख यादव सुवेदीले शाखा विस्तारका लागि स्थानीय सरकारले अनुमति दिन सक्ने कानुनी व्यवस्था रहेको बताए ।
संस्थाका सञ्चालक बलबिर नेपालीले मौखिक निर्देशनबाट कक्षा सञ्चालन गरिएको बताए । गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले उक्त शिक्षालयका सम्बन्धमा छानबिन भइरहेको बताए ।
(Zolpidem)
प्रतिक्रिया