संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
४२ पटक हेरिएको
Shares
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव

सारांश

  • काठमाडौं।
  •  सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेको छ भने प्रतिपक्षी दलले अस्वीकार गरेको छ।
  • शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेका थिए।

काठमाडौं। सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेको छ भने प्रतिपक्षी दलले अस्वीकार गरेको छ।

शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रस्ताव गरेका थिए।

तर प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले भने यस बिषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

बैठकपछि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी , संवैधानिक परिषद् र सम्पती शुद्धिकरण सम्बन्धी बिधेयकलाई छिटो टुङ्गो लगाउने बिषयमा छलफल भएको बताए।

उनले आफुहरुले फास्ट ट्र्याकबाट अघि बढाउन भनेको र प्रतिपक्षीले भने समितिमा लैजानुपर्नेमा जोड दिएको जानकारी दिए।

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई सहज रुपमा अघि बढाउने लगाएतका बिषयमा सकारात्मक रुपमा कुराकानी भएको जानकारी दिए।

उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्र्याक भन्दा पनि समितिमा लैजानुपर्ने बताए।

त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले सकारात्मक छलफल भएको जानकारी दिए। त्यस्तै सभामुख घिमिरेले नेताहरुको बीचमा सबै बिषयमा सहमति खोज्नका लागि छलफल भएको बताए। उनले सबै बिषयमा सकारात्मक छलफल भएको बताए।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने बिषयमा चैत्र २८ गते पुन बैठक बस्ने नेताहरुले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ नम्बर प्रदेश सरकारले सोनाम ल्होसारमा बिदा दिने।
३ नम्बर प्रदेश सरकारले सोनाम ल्होसारमा बिदा दिने।
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
उद्धव थापाको सपथ समारोह हिक्मत कार्कीद्वारा बहिष्कार,सिट नराखेको गुनासो
नेपाललाई साताैँ सफलता, करन, साेमपाल, सागर पछि ललितले लिए विकेट !
बिहिवार ४३६४ जनामा कोरोना संक्रमण पुष्टि
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला